
काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले पहिलो जित हात पारेको छ । शुक्रबार भएको खेलमा अन्तिम पाँच ओभरमा ६ विकेट गुमेपछि नेपाल आयरल्यान्ड वुल्भ्ससँगको खेलमा २१ रनले पराजित भयो । यस खेलमा कुन खेलाडीको कस्तो रहयो त प्रदर्शन ?
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टी–२० खेलमा आयरल्याण्ड ‘ए’ ले पहिलो जित हात पारेको छ ।
खेलको अन्तिम पाँच ओभरमा ६ विकेट गुमेपछि नेपाल आयरल्यान्ड वुल्भ्ससँगको खेलमा २१ रनले पराजित हुनुप¥यो ।
आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९ ओभर ३ बलमा २०१ रन बनायो ।
नेपालका कुन खेलाडीको प्रदर्शन कस्तो ?
– नेपालका लागि लोकेश बमद्धारा विस्फोटक शतक प्रहार
– बम ५६ बलमा १०६ रन बनाउन सफल
– नेपालको शुरुको प्रदर्शन रहेन राम्रो
– विनोद भण्डारी १६ रनमा आउट
– देव खनाल एक बलमा आउट
– अर्जुन घर्ती पनि तीन रन बनाएर आउट
– त्यसपछि आएका आरिफ शेखद्धारा प्रारम्भिक ब्याटर लोकेश बमसँग १ सय २१ रनको साझेदारी
– बमले शतक प्रहार गर्दा शेखले बनाए ४९ रन
– बलियो स्थितिमा रहेको नेपाल १५औं ओभरको अन्तिम बलमा बम आउट भएपछि सम्हालिन सकेन ।
– त्यसपछि लगातार आरिफ शेख, किरण ठगुन्ना, रसिद खान, कमल ऐरी, बसिर अहमद र हेमन्त धामी आउट
– बम आउट भएपछि नेपालले केवल १२ रन जोड्यो भने पाँच विकेट गुमायो
नेपालका लागि कसले लिए कति विकेट ?
– कमलसिंह ऐरीले लिए तीन विकेट
– सागर ढकाल र आरिफ शेखले लिए एक–एक विकेट
यस्तो छ आयरल्याण्डका खेलाडीको प्रदर्शन
– आयरल्याण्डका लागि फिन ह्यान्ड र म्याथ्यु हम्फेयर्सले लिए तीन–तीन विकेट
– म्याथ्यु फोस्टरले लिए दुई विकेट
– थोमस मायस र गभिन होइले लिए एक–एक विकेट
यसअघि ब्याटिङ गरेको आयरल्यान्डले पाँच विकेटको क्षतिमा २२२ रन बनाएको थियो । आयरल्यान्डका लागि पेटर मुरले ४९, नेल रोक र केड कार्निचलले ३८÷३८ तथा स्टेफन डोहेनीले ३४, गेरेथ डेलानीले ३० र गभिन हनीले १८ रन बनाए ।
शनिबार हुने दोस्रो खेलमा कस्को भूमिका के ?
– नेपाल र आयरल्यान्डको दोस्रो खेल शनिबार दिउसो १ बजे हुने
– नेपाली टोलीको टी–२० र एकदिवसीय प्रतियोगिताका लागि विनोद भण्डारीको नेतृत्व
– लोकश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती,
नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त
धामी विकास आग्री सहभागि हुने ।
त्यस्तै, एकदिवसीय टोलीमा अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बशिर अहमद, कमलसिंह ऐरी, शहाब आलम, रञ्जित कुमार, रूपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल छन् ।
क्यानले ‘ए’ टोलीका लागि ४० जना खेलाडीलाई प्रारम्भिक सूचीमा राखेको थियो। त्यसमध्ये १५–१५ जनालाई टी–२० र एकदिवसीयका लागि छनोट गरेको हो ।
जारी शृंखलामा पछिल्लो समय लयमा नदेखिएका खेलाडीलाई आफ्नो फर्म सुधार्ने राम्रो अवसर रहेको छ ।
यता आइसिसी टी–२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आयरल्यान्ड वुल्भ्सविरूद्धको दुई खेलको टी–२० सिरिज जितीसकेको छ ।
आयरल्यान्डसँग दुई वटा टी–२० खेल खेलेसँगै नेपाली टिम टी–२० विश्वकप खेल्नु अघि सुरुमा भारतका बरोडा र गुजराजतको टोलीसँग एसएमएस फ्रेण्डसिप कप र त्यसपछि ओमानमा एसिसी प्रिमियर कप खेल्ने छ ।
फ्रेण्डसिप कप मार्च ३१ देखि अप्रिल ७ सम्म हुनेछ । नेपालले मार्च ३१ र अप्रिल ३ मा गुजरात तथा अप्रिल २ र ५ मा बरोडासँग खेल्नेछ। लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।