News 24 Television
मुगुको रहस्यमय धाम ओझेलमा
मुगुको रहस्यमय धाम ओझेलमा मुगुको सोरु गाउँपालिका–३ स्थित भिई गाउँमा रहेको भिई गुरु देवता धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण भए पनि पर्याप्त प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । स्थानीय विश्वास अनुसार सरकारी निकाय वा अदालतबाट न्याय नपाएकाहरूले यहाँ आएर न्याय पाउने गरेका छन् ।
केचनादेखि कञ्जनजंघासम्म पर्यटन प्रवद्र्धनको अभियान
केचनादेखि कञ्जनजंघासम्म पर्यटन प्रवद्र्धनको अभियान पूर्वी जिल्लाका पर्यटकीय स्थल प्रवद्र्धनका लागि केचना–कञ्चनजंगा रेस्पोन्सिबल टुरिजम मिट–२०८३’ आयोजना हुँदैछ । सामूहिक सहकार्यमार्फत केचना र कञ्चनजङ्घालाई जोड्दै विभिन्न जिल्लामा प्रचार अभियान तीव्र बनाइएको छ ।
फेवा तालमा दुर्घटना त्रास, सुरक्षा निकायको उद्दार अभ्यास
फेवा तालमा दुर्घटना त्रास, सुरक्षा निकायको उद्दार अभ्यास पोखराको फेवातालमा बेला बेलामा डुंगा दुर्घटना हुने गरेका छन् । जसका कारण कयौंले अकालमा ज्यान गुमाउनु परेको छ । बिहीबार बिहान रमाइलो गरेर हिडेका युवा चढेको डुंगाको भयानक दुर्घटना भयो । तुरुन्तै उद्दार पनि भयो । अन्य सकुशल रहे भने एक जनाको ज्यान गयो । तर यो दुर्घटना भने सत्य...
धौलागिरी पर्यटनमा टान गण्डकी किन चिन्तित ?
धौलागिरी पर्यटनमा टान गण्डकी किन चिन्तित ? विश्वको सातौँ अग्लो धौलागिरी हिमाल को पहिलो सफल आरोहण भएको ६६ वर्ष पुरा भएको छ । पहिलो आरोहण सफल भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष मे १३ तारिखका दिन ’धौलागिरी हिमाल आरोहण दिवस’ मनाइन्छ  ।
पाँचपोखरी क्षेत्रमा रैथाने अन्नमा भुलिए पर्यटक
पाँचपोखरी क्षेत्रमा रैथाने अन्नमा भुलिए पर्यटक सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्र घुम्न जाने पर्यटकहरूका लागि अब स्थानीय उत्पादन खोज्दै भौंतारिनुपर्ने अवस्था अन्त्य भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले तिपेनीको खाल्डे बजारमा स्थापना गरेको ‘कोसेली घर’ले स्थानीय उत्पादनको बजार विस्तारसँगै पर्यटकलाई एकै ठाउँमा मौलिक उपहार उपलब्ध गराउन थालेको छ । यसले स्थानीय सीप, संस्कृति र रैथाने स्वादको संरक्षणमा समेत...
इन्धन अभावले २ दिन विदा तर पर्यटन व्यवसायी मालामाल !
इन्धन अभावले २ दिन विदा तर पर्यटन व्यवसायी मालामाल ! इन्धन बचन गर्न सरकारले लागू गरेको दुई दिने सार्वजनिक बिदाले पोखराको पर्यटन क्षेत्रमा उत्साह थपेको छ । आन्तरिक पर्यटकको आगमन बढेसँगै होटल, रेस्टुरेन्ट र प्रमुख गन्तव्यहरू अहिले गुलजार बनेको पर्यटन व्यवसायीहरू बताउँछन् ।  व्यवसायीका अनुसार यो निर्णयले सुस्ताएको पोखराको पर्यटनलाई चलायमान बनाउँदै अर्थतन्त्रमा सकारात्मक प्रभाव मात्रै पारेको छैन, भ्रमण संस्कृतिको...
कालीगण्डकीमा ¥याफ्टिङको ठूलो योजना । पर्यटन र रोजगारीमा नयाँ सम्भावना
कालीगण्डकीमा ¥याफ्टिङको ठूलो योजना । पर्यटन र रोजगारीमा नयाँ सम्भावना पोखरा भ्रमण वर्ष अन्तर्गत कालीगण्डकी नदीमा एकदिने ह्वाइट वाटर ¥याफ्टिङ सञ्चालनको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । पोखराबाट एक घण्टाको दूरीमा पर्ने बेनी क्षेत्रलाई नेचर, कल्चर र एडभेन्चरसँग जोड्दै पर्यटकको बसाइ लम्ब्याउने लक्ष्य लिइएको यो योजनाले स्थानीय रोजगारी, व्यवसाय विस्तार र बहुदिने टुर प्याकेज विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ  ...
जाउँ है पोखरा अभियान शुरु, वीरगञ्जमा उद्घाटन
जाउँ है पोखरा अभियान शुरु, वीरगञ्जमा उद्घाटन होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान यस वर्ष आर्थिक नगरी विरगंजबाट सुरु भएको छ । देशका प्रमुख शहरहरुमा गएर पोखरामा पर्यटक निम्त्याउन गरिने यो अभियानले पोखरामा आन्तरिक पर्यटन आवागमनलाई बढवा दिने विश्वास लिइएको छ ।
सेती र कर्णालीमा अन्तराष्ट्रिय ‘एंगलिङ’ प्रतियोगिता
सेती र कर्णालीमा अन्तराष्ट्रिय ‘एंगलिङ’ प्रतियोगिता डोटी जिल्ला अन्तर्गत पर्ने सेती र कर्णाली नदी क्षेत्रका कतिपय स्थानहरु यतिबेला विदेशी पर्यटकहरुको चहलपहलले भरिएका छन्। अरु समयमा स्थानीय बासिन्दाको मात्र उपस्थिति देखिने नदी क्षेत्रमा अहिले विदेशी पाहुनाहरूको आवतजावतले नयाँ रौनकता थपिएको छ ।
Weather Update