News 24 Television
विष्णुपुर पालिकामा मल वितरणमा पक्षपातको आरोप, किसान सडकमा
विष्णुपुर पालिकामा मल वितरणमा पक्षपातको आरोप, किसान सडकमा सप्तरीको बिष्णुपुर गाउँपालिकामा मलखाद वितरणमा अनियमितता भएको भन्दै किसानहरू आक्रोशित छन् । पालिका अध्यक्षले आफन्तलाई मात्र मलखाद दिने गरेको आरोप लगाउँदै वितरण स्थलमा उनीहरुले विरोध जनाएका छन् । मल नपाउँदा किसान कसरी खेती गर्ने भन्नेमा चिन्तित छन् ।
रोपाइँ गीतदेखि खेतसम्म परिवर्तन ! दैलेखमा धान खेती संकटमा
रोपाइँ गीतदेखि खेतसम्म परिवर्तन ! दैलेखमा धान खेती संकटमा असार महिना नेपाली किसानका लागि सबैभन्दा व्यस्त समय हो । यही महिनामा धान रोपाइँसँगै गाउँघर हरियालीले ढाकिन्छ, खेतबारीमा किसानको चहलपहल बढ्छ र रोपाइँका गीतले वातावरण गुन्जायमान बन्छ । तर समयसँगै खेतीपातीको स्वरूप परिवर्तन हुँदै गएको छ ।
पर्याप्त पानी नपर्दा हुन सकेन रोपाई, दोलखाका किसान चिन्तित
पर्याप्त पानी नपर्दा हुन सकेन रोपाई, दोलखाका किसान चिन्तित असार महिना लागेसँगै देशभर धान रोपाइँको चटारो बढिरहेको छ। तर, पानीको मुख्य स्रोत वर्षा र प्राकृतिक मुहानमा निर्भर दोलखाका अधिकांश किसान यो वर्ष समयमै रोपाइँ गर्न नसक्ने अवस्थामा पुगेका छन्। मौसमविद्हरूले पर्याप्त वर्षाको पूर्वानुमान गरे पनि खेतसम्म पानी नपुग्दा किसान चिन्तित बनेका छन् ।
धवलागिरीमा कृषि क्रान्ति : गाउँमै करौडौका सम्भावना !
धवलागिरीमा कृषि क्रान्ति : गाउँमै करौडौका सम्भावना ! म्याग्दीको धवलागिरी गाउँपालिका कृषि विकासको महत्वपूर्ण मोडमा रहेको छ । यहाँ उत्पादन हुने मकै, कोदो, आलु, फापर, खुर्सानी, सुन्तला र जडीबुटीले समृद्धिको आधार दिने संकेत देखाएका छन् ।
भारतलाई काउन्टर दिने उपायः तेस्रो मुलुकमा चिया बजार विस्तार
भारतलाई काउन्टर दिने उपायः तेस्रो मुलुकमा चिया बजार विस्तार सूर्योदय अर्थोडक्स टि–प्रोड्युसर्स एशोसिएसन नेपालको आह्वानमा चिया उद्योग बन्द गरेर आन्दोलनमा होमिएका ब्यवसायीको समर्थनमा विहीबारदेखि देशभरका ९९ वटा चिया उद्योगले काम ठप्प पारेका छन् । भारतले नेपाली चियामा अवरोध गरेपछि त्यसको विरोधस्वरुप देशभरका ९९ वटा चिया उद्योग बन्द भएका हुन् ।
इलाममा चिया तथा अलैची अनुसन्धान केन्द्र बन्दै
इलाममा चिया तथा अलैची अनुसन्धान केन्द्र बन्दै नेपालमा पहिलो पटक चिया रोपिएको इलाममा चिया खेती शुरु भएको १६२ वर्ष पुगेको छ । वि.सं. १९२० मा जंगबहादुर राणाका ज्वाई तत्कालिन बडाहाकिम गजराजसिंह थापाले इलाममा चिया खेती शुरु गरेका थिए ।
Weather Update