News 24 Television
माइतीघर र ठमेलमा रविको वाहवाही, चक्लेट बाँड्दै र र्याली गर्दै हिँडेकामा आलोचना (भिडियो)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मन्त्रालयको जिम्मेवारीमा आएपछि केही उदाहारणीय कार्य गर्ने छाँटकाँट देखाइरहेका छन् ।

यही नयाँ वर्षको अवसरमा उनले काठमाडौंको प्रमुखकै पर्यटकीय क्षेत्र ठमेल र दरबार मार्गलाई २४सै घण्टा खुल्ला राख्ने निर्णय पनि गरिसकेका छन् । 

जस अनुसार बैशाख १ गते अर्थात शनिबारबाटै ठमेल र दरबार मार्ग औपचारिक रुपमा २४सै घण्टा खुल्ला भएको छ । 

गृहमन्त्री रविले काठमाडौं शहरलाई चलायमान र क्रियाशिल बनाउन दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गरिएको दावी गर्दै आएका छन् । 

काठमाडौं जिउँदो र जाग्दो शहर बनाउन आफूले उक्त निर्णय गरेको बताइरहेका छन् । गृहमन्त्रालयले यसको सुरक्षाको जिम्मा जल्ला प्रशासन कार्यालय काठमाडौँलाई दिएको छ । 

यसका अलावा गृहमन्त्री रविले आचारसंहिताअनुरुप मापदण्ड नपुगेका व्यवसायलाई वैशाख २ गतेदेखि बन्द गर्ने निर्णय गरेका छन्। 

त्यस्तै, गृहमन्त्री रविकै पहलमा शनिवारदेखि लागु हुने गरी काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको छ । 

रविको निर्देशन लागु गर्न काठमाडौं जिल्ला प्रशासनले सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा माइतीघर मण्डलादेखि बानेश्वर कृष्ण टावरसम्मको क्षेत्रलाई निषेध आदेश कायम नरहेको भन्दै सूचना जारी गरिसकेको छ । 

यसअघि काठमाडौँका माइतिघरसहित विभिन्न २२ स्थानमा कुनैपनि प्रदर्शन तथा भेला गर्न मनाही गरिएको थियो । तर, अझैपनि प्रदर्शन र जुलुसको कार्यक्रमहरु गर्दा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइने छैन । 

यसैगरी प्रदर्शनका क्रममा सुरक्षाकर्मीमाथि आक्रमण गर्न पनि पाइने छैन । यदी यस्ता गतिविधि भए वा सार्वजनिक सम्पतिको क्षति भएमा सम्बन्धित आन्दोलन गर्ने समूह तथा संगठनले नै त्यसको भरपाई गर्नु पर्ने नियम लागु गरिएको छ । 

२४सै घण्टा बजार खुल्ला राख्ने र निषेधाज्ञा हटाउन रविले दिएको निर्देशनले आर्थिक गतिविधि चलायमान पर्ने र जनताको अभिव्यक्ति स्वतन्त्रतालाई भने प्रत्यभूत गरेको छ । यसले व्यावसाय तथा रोजगारसमेत बढाउन समेत टेवा पुर्याउने देखिन्छ ।

तर, गृहमन्त्री रवि लामिछाने नयाँ वर्षकै अवसरमा शनिबार थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग खुशीयाली साटासाट गर्न पुगेको विषयलाई लिएर भने केही केही पक्षले भने अलोचना गरिरहेको देखिन्छ । उनले प्रहरीहरु सँगसँगै सर्वसाधारणलाई ट्रफिक सचेतना दिँदै र सडकमै चक्लेट बाँडेका थिए । 

प्रचारबाजी र सस्तो लोकप्रियताका लागि उक्त हर्कत गरेको रविको उक्त व्यवहारप्रति आलोचना भइरहेको हो । 

त्यस्तैगरी आइतबार विहानै गृहमन्त्री रवि लामिछानेले आफ्नै नेतृत्वमा ट्राफिक जनचेतना ¥याली निकालेका छन् । 

यसप्रति पनि केही पक्षले विरोध जनाएका छन् । गृहमन्त्री नेतृत्वको ट्रफिक सचेतना र्याली आइतबार विहानै सुन्धाराबाट सुरु भएर रत्नपार्क, पुरानो बसपार्क हुँदै सभागृह पुगेको थियो । 

ट्राफिक नियमबारे जनचेतना फैल्याउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा उक्त कार्यक्रम भएको थियो । तर गृहमन्त्री रविले नै ट्राफिक व्यवस्थापनमा आँच पुर्याउने गरी ¥याली गरेको तथा सस्तो लोकप्रियताका लागि प्रचारात्मक गतिविधि गरेको भन्दै सर्वसाधारण तहबाटै आलोचना भइरहेको छ । 

रविकै नेतृत्वमा आइतबार भएको ट्राफिक सचेतना कार्यक्रममा विद्यार्थी तथा सामाजिक अभियन्ताहरु समेत सामेल थिए । गृहमन्त्री रविले सुरक्षा क्षेत्रमा चुस्तता र अन्य व्यवस्थापकीय क्षेत्रहरुमा सकारात्मक कार्य गरिरहेपनि उनको व्यवहार र कार्यशैलीको भने व्यापक आलोचना भइरहेको हो । 

यसअघि पनि रविले समस्या समाधानको माग गर्दै गृहमन्त्रालय आएका सहकारी पीडितहरुलाई चक्लेट बाडेकका थिए । 

यही विषयलाई लिएर उनले त्यो बेला पनि आलोचना खेप्नु परेको थियो । यतिबेला गृहमन्त्री रविलाई नै सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा राजीनामा माग गरिरहेको छ । यद्यपि रविले यस विषयमा आफू निर्दोष रहेको दावी गर्दै आइरहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update