News 24 Television
हिमाल चढ्ने सबैभन्दै धेरै अमेरिकन, दोस्रोमा चिनियाँ (भिडियो)

काठमाडौं । सगरमाथा हिमाल सहित २१ हिमाल आरोहण गर्न नेपालमा हाल सम्म ५ सय ४३ आरोहीहरुले अनुमति लिएका छन् । 

यी मध्ये ४ सय २४ पुरुष र १ सय १९ महिला छन् ।  तर छिमेकी मुलुक चीनले ४ बर्षदेखि कोरोनाका कारण तिब्बतबाट रोकेको सगरमाथा आरोहण यस बर्षदेखि खुल्ला गरेपछि नेपालमा हिमाल आरोहण गर्न आउने आरोहीहरुको संख्या कमी आउने देखिएको छ । 

हिमाल आरोहणको सिजन शुरुवात भएसंगै सगरमाथा सहितका २१ हिमाल आरोहण गर्नका लागि ६१ पर्वतारोहण दलबाट ५ सय ४३ जनाले अनुमति लिएका छन् । 

यी आरोहीबाट हालसम्म सरकारले २८ लाख ३६ हजार ९ सय ३३ डलर अर्थात् ३७ करोड ७३ लाख भन्दा बढी रोयल्टी प्राप्त गरेको छ । पर्वतारोहीहरुमा ४ सय २४ पुरुष र १ सय १९ महिला रहेका छन् । 

नेपालीसंगै ४३ देशका नागरिकले यो सिजनमा आरोहणको अनुमती लिएका छन् । अनुमती लिनेमा सबै भन्दा धेरै संयुक्त राज्य अमेरीकाका ४८ जना, चीनका २५ जना, जापानका १८ जना, रसिया र बेलायतका १६÷१६ जना नागरीकहरु छन् । 

सन् २०१४ देखि प्रयोग गरिदैं आएको सगरमाथा हिमाल आरोहणका लागि आईसफल पुग्ने रुटको एक स्थानमा हिउँ खस्ने गरेकाले सुरक्षाका लागि यो बर्षदेखि आइसफल पुग्ने रुट  परिर्वतन गरिएको छ । 

चीनले पनि यो कोरोनाका कारण बन्द गरेको सगरमाथा आरोहण यसैवर्षदेखि खुला गरेको छ । 

चीनको तिब्बतको रुटबाट करीब १ सय जनाले यो बर्ष सगरमाथा आरोहण गर्दै छन्, यसले नेपालमा सगरमाथा आरोहण गर्न आउने अरोहीहरुको संख्यामा कमि आउने देखिएको छ । 

अहिले नेपालका हिमालहरुमा आरोहण गर्न अनुमती लिएका आरोहीमध्ये सबै भन्दा धेरै २ सय ३४ जना सगरमाथाका लागि छन् भने सबै भन्दा थोरै १\१ जनाले थोरङला पिक र जुगल हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।

त्यसैगरी आमादब्लममा ६६, मकालुमा ४५, लेस्सेमा ४० र अन्नपुर्णमा २५ जनाले अनुमती लिएको पर्यटन विभागले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update