News 24 Television
रोल्पामा मन्दिरको जग्गा अतिक्रमण गरि बनाइएका टहराहरु हटाइयो

रोल्पा । रोल्पाको रुन्टिगढि गाउँपालिकाले मन्दिरको जग्गा अतिक्रमण गरि बनाइएका टहराहरु डोजर लगाएर हटाएको छ।  

गाउँपालिकाको मुख्य बजार होलेरी बजारमा रहेको देवी भगवती मन्दिरको जग्गा अतिक्रम गरि बनाइएका तहराहरु शुक्रबार नगर प्रहरीको सक्रियता तथा नेपाल प्रहरीको सहयोगमा डोजर लगाएर हटाइएको हो । 

गाउँपालिकाका अध्यक्ष जनक पुनका अनुसार मन्दीरको नाममा रहेको जग्गा अतिक्रमण गरि करिब सात बर्ष पहिले देखि बनाइएका तीन वटा कच्ची तहराहरु डोजर लगाइ हटाइएको र  करिब दुई रोपनी क्षेत्रफल रहेको जग्गा सुरक्षित गरिएको हो । 

‘अतिक्रमण गरि बनाइएका टहराहरु हटाउन पटक–पटक सम्बन्धित ब्यक्तिहरुलाई मौखिक तथा लिखत जानकारी गराउदा समेत अटेरी गरेपछि पालिका डोजर लगाइ हटाउन बाध्य भएको हो,’ अध्यक्ष पुनले भने । 

rolpa-1713577924.jpg
पालिका भित्र रहेका विभिन्न बजार क्षेत्रहरूमा सार्वजनिक ऐलानी तथा बन क्षेत्र अतिक्रम गरि बनाइएका सबै टहराहरु समेत छिट्टै नै हटाइने अध्यक्ष पुनले बताए । 

लामो समय सम्ममा पनि अतिक्रमण भएको मन्दिरको जग्गा सुरक्षित गर्न नसक्दा विभिन्न क्षेत्र बाट आलोचना खेप्दै आएको स्थानीय सरकारको पछिल्लो कार्यको स्थानीयले प्रसंशा गरेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update