News 24 Television
एमालेको पछिपछि रास्वपा, रविलाई दह्रो साथ दिँदै ओली !

काठमाडौं । राजनीतिलाई सही लयमा ल्याउँदै मुलुकमा समृद्धि ल्याउने उदेश्यले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा उदय भएको सभापति रवि लामिछानेले दावी गर्दै आइरहेका छन् । 

दल र नेताहरुको स्वार्थगत र अराजनीतिक चरित्रले मुलुक सोचनिय अवस्थामा पुगेको बेला रास्वपाको उदय हुनुलाई पनि सकारात्मक लिइएको छ  । तर उदयमान रहेकै अवस्थामा रास्वपा पूरानै दलहरुको सहारा र उनीहरुकै टेको बनिरहेको विषय भने टिप्पणीजनक विषय बनिरहेको छ ।
विगतमा पुराना दलहरुकै कार्यशैली र व्यवहारप्रति असन्तुष्ट जनाएरै जन्मिएको रास्वपा अहिले तिनै दलको स्वार्थ पूर्तिका लागि सत्तमा रहेको आम जनतास्तरमा टिप्पणी भइरहेका छन् । फल तः रास्वपाको स्वभाव र व्यवहार पनि उही किसिमले नै प्रकट भइरहेको छन् । 

विशेषगरी नेकपा एमालेले रास्वपालाई अस्वभाविक संरक्षण गर्ने तथा एमालेप्रति पनि रास्वपाको उही प्रकारको झुकाव रहने देखिँदै आएकोे छ । यसको केही हदसम्म पुष्टि एमाले अध्यक्ष केपी शर्मा ओलीले नै आधिकारिक पुष्टि गरेका छन् । 

अध्यक्ष ओलीले एमालेको प्रतिनिधि परिषद्को बैठकमा विभिन्न दललहरुमाथि खरो टिप्पणी गर्दा रास्वपालाई भने जोगाएका छन् ।

रास्वपालाई पपुलिस्ट मात्रै भनेका ओलीले अन्य सत्ता सहयात्री दल तथा प्रतिपक्षी दलहरुलाई भने कडा टिप्पणी गरे । 

विशेषगरी नेपाली काँग्रेस सत्ता गुमाएपछि छटपटमा रहेको उल्लेख गर्दै उसले रास्वपामाथिको प्रहारलाई षडयन्त्रपूर्ण रहेको जिकिर गरे । 

संसदीय समितिको माग गरिरहेको कांग्रेसमाथि कडा पेश भएका ओलीले रास्वपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको विषय पनि कोट्याए । 

उता रास्वपाले पनि नेकपा एमालेप्रति प्रष्टसँग झुकाव राखिरिहेको छ । प्रदेशसभामा रास्वपा नरहेपनि गृहमन्त्री समेत रहेका रास्वपा सभापपति रविले प्रदेश सरकार गठनमा एमालेको भुमिकाबारे बोलेका थिए । 

विशेषगरी सुदुरपश्चिममा सरकार गठन सकस परिरहेको छ । हाल नेकपा एसको नेतृत्वमा सुदुरपश्चिम सरकार गठन भएपनि एमालेले समर्थन गर्ने प्रष्ट संकेत गरिसकेको छैन । 

यही सरकार गठन हुनुपूर्व रवि लामिछानेले एमालेले एक कदम बढेर मुख्यमन्त्रीान दीर्घ सोडारीलाई समर्थन नगरेको नभइ एमालेले निर्णय लिन ढिला भएको भनेका थिए ।

पछिल्ला यी तथ्य र तर्कले मात्रै नभइ एमालेप्रति विगतमा पनि रास्वपाको झुकाव रहँदै आएको छ । दुई पटक सरकारमा सहभागी भएको रास्वपा दुवै पटक एमालेसँगै र एमालेकै आग्रहमा सत्तामा सामेल भएको थियो । 

यसका अलावा इलाम – २ को उपनिर्वाचनमा पनि एकलौटी उम्मेदवारी दिएको रास्वपाप्रति एमाले नरम छ । जबकी एमाले अध्यक्ष ओलीले चुनावी सभावमा काँग्रेस, नेकपा एस लगायत अन्य दलहरुलाई खरो टिप्पणी गरिरहेका छन् । 

लोकतन्त्रमा सरकार निर्माणका लागि दलहरु मिल्नुपर्छ तर विगतमा तिनै दलहरुको विरोध गरेर राजनीतिमा प्रवेश गरेका पात्रहरु उनै दलहरुसको इसारामा चल्नु भने दुखद विषय बनेको छ । 

रास्वपा स्थापनको उदेश्य दलहरुको सत्ता स्वार्थ, भ्रष्ट्रचार तथा अनियमितताबिरुद्ध आवाज उठाउनु र मुलुकमा थिति बसाल्नु हो । 

यसकारण रास्वपा कुनै पनि दलको स्वार्थमा घुलित हुनुभन्दा आफ्नै विवेक र बलबुतामा अघि बढ्नुपर्ने बढ्नुपर्छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update