News 24 Television
चौघेरामा रास्वपा, राजनीतिक प्रतिशोधको सिकार बन्दै मिलन लिम्बू ! 

काठमाडौं । उपनिर्वाचनको दौरानमा आफ्नो तेस्रो जित निकाल्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम केन्द्रीत कार्यक्रममा छ । 

अघिल्लो उपनिर्वाचनमा चितवन र तनहुँमा जित निकालेको रास्वपा अहिले इलामको उपनिर्वाचनमा पनि जित निकाल्ने योजनामा छ । 

यसका लागि इलाम – २ मा रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । तर, राजनीतिक पृष्ठभूमीका कारण मिलनलाई आफ्नै अतित भारी बनेको छ । 

रास्वपा प्रवेश गर्नु अघि मिलन माओवादी केन्द्रमा थिए, सुरुमा उनले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै भविष्यमा कुनै पार्टीमा नजाने दावी गरेका थिए । 

अझ रास्वपालाई त मिलनले अन्यदलहरु भन्दा फरक नभएको भन्दै उक्त पार्टी कुनै हालतमा प्रवेश नगर्ने बताएका थिए । अहिले सोही अभिव्यक्ति उनको लागि टाउको दुखाइको विषय बनिरहेको छ । 

यसका अलावा मिलनलाई पार्टी सभापति रवि लामिछानेको सहकारी प्रकरणले पनि थप गिजोलेको छ । यही कारण मिलनको चुनावी नतिजामा समेत प्रभाव पर्न सक्ने टिप्पणी भइरहेका छन् । 

स्थानीय मतदाताहरुले पनि सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरण र मिलनकै विगतमाथि पनि प्रश्न गरिरहेका छन् । यसले मिलन थप अफ्ठ्यारोमा पर्ने स्थिति छ । 
तर, मिलनले भने कतिपय मतदाताहरुले राजनीतिक प्रतिसशोध साँध्ने हिसाबले  आफूमाथि असान्दर्भिक विषयहरुसमेत उठाउन खोजिएको टिप्पणी गरिरहेका छन् । 

मतदाताहरुले सार्वजनिक कार्यक्रममै एक समुदायमाथि घाँटी नै रेट्ने अभियान थियो नी ? भन्दै जातिय हिंसा नै पैदा गर्ने प्रश्न गरिएपछि मिलनले उक्त प्रश्नको खण्डन गर्नु पर्यो । मिलनले उक्त प्रश्न सत्य र तथ्यमा आधारित नभएको भन्दै मतदाताहरुको अभिव्यक्तिलाई खारेज नै गर्नुपर्ने अवस्था आइलागेको  छ ।  

सहकारी प्रकरणमा मतदातास्तरबाटै उठेको प्रश्नले मिलन लिम्बूलाई चौघेरामा पारेको छ । उनी विभिन्न अन्तक्रियाहरुमासमेत यसबारे घरी घरी जवाफ दिन बाध्य छन् । 

राजनीतिक पृष्ठभूमिको प्रशंगलाई पनि प्रश्नै प्रश्न बनाइएको अवस्थामा सभापति रवि लामिछानेको सहकारी प्रकरणले पनि मिलनलाई थप चेपुवामा परेको छ । 

जसले मिलनलाई जनतासामु बारम्बार प्रष्टिकरण दिन बाध्य पारिरहेको हो ।

रास्वपालाई पहिचानको मुद्धाप्रति पनि सकारात्मक बनाएर उम्मेदवार बनेको दावी गरेका मिलनलाई यही विषय अफ्ठ्यारो पार्ने कारण बन्न सक्ने खतराहरुसमेत देखिँदैछन् । 

हाल रास्वपाहिरबाट पहिचान र दलिय पृष्ठभूको विषयलाई लिएर मिलनमाथि खरो प्रश्न उठिरहँदा रास्वपाले यो विषयलाई कुन हिसाबले लिइरहेको छ भन्ने प्रष्ट छैन । 

खासमा रास्वपाले सुरुवाती दिनहरुमा वर्तमान संविधानलाई अंगिकार गरेपनि पहिचान र संघियताप्रति भने ठोस धाराणा पेश गर्न सकेको थिएन । तर उपनिर्वाचन सम्मुखमा एक्कासी मिलनसँग छलफल गरेर उनैलाई उम्मेदवार बनाएको रास्वपाले पहिचान र संघियतालाई कुन रुपमा लिन्छ ? यो प्रश्नकै विषय बनिरहेको छ । 

त्यस्तै उपनिर्वाचनको नतिजापछि पहिचानको मुद्धा उठाएका मिलनले पार्टीप्रति कस्तो प्रतिक्रिया जनाउछन् यो पनि चासोको विषय बनेको छ । तर हाल आफ्नै अतित र सभापति रविको सहकारी प्रकरण मिलनलाई बोझ बनिरहेको छ । 

यसले निर्वाचन परिणाममा समेत प्रत्यक्ष प्रभाव पर्न सक्छ । तर यस्तो हुनुमा विभिन्न दल र दल प्रेरित कार्यकर्ताहरुको पूर्ण पूर्वाग्रही चरित्र झल्किरहेको छ। यस्लाई स्थानीय मतदाताहरुले कुन तहबाट केलाछन् र मतदानमा कत्तिको विवेक झल्किन्छ, त्यो भने निर्वाचन परिणामसम्म नै कुर्नु पर्नेछ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update