News 24 Television
उदाहरणीय काम गर्दै पोखरावासी, नागरिक जुटे विकास नै विकास !

कास्की । विकासका काममा नागरिक स्वयंम जागरुप हुनुपर्छ । होइन भने सरकारले मात्रै केही गर्दैन । यहि कुरा स्थापित गर्न लागि परेका छन्, पोखरावासी । 

अब विकासका कार्यमा नागरिक नै जागरुक हुनुपर्छ भन्दै पोखराका स्थानीयहरुले सरकारको मुख ताक्ने हैन, आफ्नो घर अगाडीका बाटोघाटो आफै मर्मत सम्भार गर्नुपर्छ भन्दै अभियान नै सञ्चालन गरेका छन् । आफ्नो टोल आफै बनाउन उनीहरु एकजुट भएर श्रमदान  गर्दैछन् । 

यो दृष्य पोखरा महानगरपालिका वडा नम्बर १४ भेडीफारमको हो । तपाइलाई लाग्न सक्छ दृष्यमा देखिएका यी मानिसहरु सडक निर्माण गर्ने मजदुरहरु हुन् । नलागोस् पनि कसरी कोही बालुवा सिमेन्ट मोल्दै छन्, कोही सामान ओसारपसार गदैँछन् त कोही सडकका खाल्डा खुल्डी पुदैँछन् । तर, उनीहरु कोही पनि सडक निर्माण गर्ने मजदुर भने होइनन् । 

उनीहरु त पोखरा १४ का स्थानीय वासिन्दाहरु हुन् । जो आफ्नो टोल आफै बनाउन एकजुट भएर श्रमदान गदैँछन् । जुनसुकै कार्यमा पनि सरकारको मुख ताक्न हुन्न भन्दै स्थानीयहरु आफ्नो घर वरपरको सडक मर्मतमा आफै निस्केका हुन् । यसरी श्रमदान गर्दा राज्यलाई आर्थिक भार कम हुने तथा आफ्नो गाउँठाउँ पनि व्यवस्थित हुने हुदाँ स्थानीय निकै खुशी देखिन्छन् । 

स्थानीयको यो अग्रसरतालाई वडा र जनप्रतिनिधिले पनि साथ दिएका छन् । स्थानीयसँगै पोखरा– १४ का वडाध्यक्ष बोधबहादुर कार्की लगायतका वडासदस्यहरु होस्टेमा हैसे गरिरहेका छन् । 

खाल्डा पुने अभियानमा महानगर र वडाको बजेट खर्च भएको भन्ने तपाईलाई लाग्न सक्छ । तर यो अभियानमा महानगर र वडाबाट कत्ती पनि बजेट खर्च भएको छैन । वडाध्यक्ष कार्की कै निजी गाडीले निर्माण सामाग्री ओसादैँछ । स्थानीय व्यवसायी र समाजसेवीहरुको सहयोगमा सडक मर्मतका लागि चाहीने निर्माण सामाग्रीको जोहो गरिएको हो । 

अभियान अन्र्तगत वडाभित्रका मुख्य सडकमा वर्षातको कारण परेको खाल्डा पुर्न अभियान थालिएको हो । यो अभियानको पहिलो चरण १५ दिनसम्म चल्ने छ । 

जहाँ दैनिक बिहान ७ बजे देखि १० सम्म स्थानीयले आ–आफ्नो टोलमा श्रमदान गर्नेछन् । अभियान संचालन भएको १५ दिनमा वडाका मुख्य सडकहरुमा खाल्डाखुल्डी पुर्ने स्थानीयको भनाई छ । पछिल्लो समय विकास निर्माणका कामहरुमा स्थानीयको सहभागिता घट्दै गएको देखिन्छ । तर, पोखरा–१४ का जनताले थालेको यो सकारात्मक पहलले नागरिकको दायीत्व मात्र पुरा गरेको छैन की सभ्य समाज निर्माणमा नागरिकको जिम्मेवारी के हो भन्ने प्रष्ट पारेको छ । 

जनताहरुले नै यस्ता अभियान देशै भर संचालन गर्न सक्ने हो भने दिगो विकासमा समेत टेवा पुग्नुको साथ साथै जहाँजता पनि अरुको मुख ताक्ने जस्ता प्रवृतिको अन्त्य हुनेमा कुनै दुइमत छैन । 

 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update