News 24 Television
काठमाडौँ बाहिर प्रोटोन इभीको पहिलो शोरुम पोखरामा  

कास्की । देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं बाहिर पहिलोपल्ट पोखराको बुद्धचोकमा सोरुम स्थापना गरी एसयूभी ईभी ईमास ७ सार्वजनिक गरेको हो । काठमाडौंको नक्साल र थापाथलीपछि यो तेस्रो सोरुम हो । 

देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं बाहिर पहिलोपल्ट पोखराको बुद्धचोकमा सोरुम स्थापना गरी एसयूभी ईभी ईमास ७ सार्वजनिक गरेको हो । काठमाडौंको नक्साल र थापाथलीपछि यो तेस्रो सोरुम हो । 

उक्त अवसरमा प्रोटोनले सम्भावित ग्राहकका लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श, सजिलो फाइनान्स र सरकारी अनुदानका विकल्पका बारे पनि सहजीकरण गरेको छ । 

बिक्री पछिको सेल्स सपोर्टलाई अझ विश्वासिलो बनाउन नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहकलाई विश्वस्तरीय सेवा सुनिश्चित गर्दै पोखरा भित्र तेस्रो सर्भिस सेन्टरको स्थापना गरेको हो । 

सोरुमको उद्घाटन पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) का अध्यक्ष दीपेन्द्र कोइरालाले गरे । उनले पोखरा अटोमोबाइल्सको दोस्रो हव भएको बताउँदै प्रोटोनलाई पोखरामा स्वागत गरेका छन् । पोखरामा पहिलो वाडा अटो सो सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिँदै उनले दोस्रो संस्करणको तयारीमा जुटेको बताए ।  

उद्घाटनका अवसरमा ग्राहकलाई प्रोटोन ईमास ७ को प्रमुख विशेषता, यसको स्मार्ट प्रविधि र दिगो यातायातप्रतिको प्रतिबद्धता बारेमा जानकारी गराइएको थियो । जगदम्बा मोटर्सले पोखरामा सोरुम उद्घाटनको पहिलो सातासम्म ग्राहकका लागि प्रोटोन ईमास ७ खरिदमा शून्य प्रतिशत ब्याजदरको घोषणा गरेको छ । 

जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले सन् २०२५ सम्म राष्ट्रव्यापी विद्युतीय सवारी साधन सञ्जाल स्थापना गर्ने प्रोटोनको फराकिलो योजनाअन्तर्गत पोखरामा स्थापित सोरुम महत्वपूर्ण हिस्सा बन्ने बताए । 

पोखराको बजारलाई महत्व दिएर सोरुम स्थापना गरेको जगदम्बा मोटर्सका सहायक महाप्रबन्धक आकाशविक्रम थापाको भनाइ छ । पोखराको पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास लिएको थापा बताउँछन् ।

प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध प्रोटोन ईमास ७ को मूल्य क्रमशः ५६ लाख ९९ हजार र ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । जगदम्बा मोटर्सले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरशिप संख्या विस्तार गर्ने र बलियो सर्भिस सेन्टर नेटवर्क स्थापना गर्ने योजना बनाएको छ । साथै, प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन पूर्वाधार विकासमा पनि लगानी गर्ने बताएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update