
परासी । तेस्रो पटक म्याद थप भएको बुटवल–नारायणगढ सडक विस्तार योजनाको निर्माण कार्य समयमा सम्पन्न हुन नसकेपछि पुनः एक वर्षलाई म्याद थप गरिएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत बुटवलदेखि नारायणगढसम्मको १ सय १३ किलोमिटर सडक निर्माण विस्तार योजनाको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रा .लि .ले काम सुरु गरेको हो । तर तीन पटकसम्म म्याद थप गरिँदा पनि सम्पन्न नभएको यस आयोजनाको निर्माण कार्य पुनः एक वर्ष म्याद थप गरिएको हो ।
निर्माणाधीन बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको म्याद चौंथो पटक थप गरिएको छ । निर्माण कम्पनीले तेस्रो पटक थपिएको समयमा पनि सडक निर्माण नसकेपछि सरकारले अर्को एक वर्ष म्याद थपेको हो । सम्झौता अनुसार चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिजियरिङ कर्पोरेसनले अबको एकवर्षभित्र सडक निर्माण सक्नुपर्ने छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवलदेखि नारायणगढसम्मको १ सय १३ किलोमिटर सडक निर्माण विस्तार योजनाको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । तर तीन पटकसम्म म्याद थप गरिएको यस आयोजनाको निर्माणका कार्य सम्पन्न नभएपछि पुनः म्याद थप गरिएको आयोजना कार्यालयले जनाएको छ । हालसम्म यस सडकको भौतिक प्रगति ६९.४८ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ६२.४५ प्रतिशत रहेको छ । नारायणगढ–बुटवल सडकको निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका लागि दोस्रो पटक म्याद थपिएको थियो । त्यस अवधिमा समेत काम सम्पन्न नभएपछि २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको आयोजना कार्यालयले जनाएको छ । नारायणगढ–बुटवल सडकको कुल १ सय १३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।
निर्माणको जिम्मा पाएको कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले ५७६ दिन थप म्याद माग गरेको भएपनि एक वर्षका लागि मात्र म्याद थपिएको बताइएको छ ।
सडक निर्माणमा ऋण लगानीकर्ता एसियाली विकास बैंक(एडिबि)का प्रतिनिधीसंग गत साउन ११ गतेको बैठकमा भएको सहमति अनुसार म्याद थप गरिएको हो । यो सडक विस्तार ठेक्काको तेस्रो पटक थपिएको म्याद गत साउन ८ गते सकिएको थियो ।
सडक निर्माणमा ढिलाई भएको भन्दै निकै आलोचना भएपछि सरकारले ठेक्का रद्द गर्नेसमेत चेतावनी दिएको थियाये । सडक समयमा नबनेपछि स्थानिय व्यवसायी, सवारी चालक, यात्रुहरुले हैरानी र दुःख भोग्न बाध्य भएका छन् ।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा अगाडि बढेको सडक विस्तार आयोजनाको दुवै खण्ड गरेर कुल लागत रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रहेको छ । ११३ किलोमिटरमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६÷६ मिटरको सर्भिस लेन हुने र दाउन्नेमा १४ किलोमिटर सडक तीन लेनको रहनेछ ।