News 24 Television
तस्करीको रजगज, सुरक्षाकर्मीमाथि नै तस्करको धावा 

सप्तरी । सप्तरीको सीमा नाकाबाट व्यापक रुपमा तस्करी हुने गरेको छ । यो नाकाबाट मदिरा, कस्मेटिक, चाइनिज स्याउ, लसुन लगायतका समानका तस्करी हुने गरेको छ । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति अवैध मदिरा तस्करीको सर्च अप्रेसन गर्न गएको जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली र तस्करबीच भएको झडपमा एक जनाको ज्यान नै गएको छ । 

सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति अवैध मदिरा तस्करीको सर्च अप्रेसन गर्न गएको जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली र स्थानीयबिचको अवस्थाले एक जनाको ज्यान गएको छ ।  झुप्रोमा स्टोर गरि राखिएको अवैध मदिरा प्रहरीले नियन्त्रणमा लिन खोजेपछि स्थानीय तथा केही तस्कर समुहले त्यसलाई रोक्न प्रयास ग¥यो । 

तस्कर समूहको अन्यन्त्रित अवस्था सृजना भएपछि प्रहरीले गोली चलाउँदा स्थानीय लालु यादवको मृत्यु भएको हो । स्थानीयले प्रहरीनाथि ढुंगामुढा गरेपछि हवाइफाइर गर्दा समेत स्थिति नियन्त्रणमा नआएपछि आत्मरक्षाको लागि घूँडा मुनि प्रहार गर्दा लालुको तिघ्रामा लागेपछि अति रक्तश्राव भएर उनको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले बताए । 

लालुको मृत्युपछि बुधबार बिहानदेखि दिनभरी नै सप्तरीको सदरमुकाम राजविराज तनावग्रस्त बन्यो । स्थानीयअनुसार लालु स्थानीय समाजसेवी र त्यहाँ एक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षसमेत थिए । तस्करसँग लालुको सम्बन्ध नरहेको दाबी स्थानीयले गरिरहेका छन् । लालुलाई जबरजस्त रुपमा तस्कर प्रमाणित गर्न प्रहरीले हत्या गरेको आरोप प्रदर्शनकारीको छ ।  

दिनभरको तनावपछि बुधबार बेलुका प्रदर्शनकारी प्रहरीमाथि आक्रमणमा उत्रिएका छन् । स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले दुई राउण्ड अश्रुग्याँससमेत प्रहार गरेको थियो । यद्यपी आन्दोलनकारीले प्रदर्शन जारी राखेका छन् । गत साउन १२ गते  सप्तरी प्रहरीले सो ठाउँबाट १६ लाख बढीको अवैध मदिरा तथा ओसारपसारमा संलग्न मोटरसाइकल नियन्त्रणमा लिएको थियो । 

सो क्षेत्रबाट भारततर्फ व्यापक मदिरा तस्करी हुने गरेको छ । डेढ महिनाअघि राजविराज भन्सार कार्यलयको टोली त्यहाँ पुगेर मदिरा नियन्त्रणमा लिन खोज्दा तस्कर समुहले टोलीमाथि नै आक्रमण गरेका थिए । 

खासगरी यो क्षेत्रबाट मदिरा तस्करी हुने गरेको छ । सप्तरीेकै पश्चिमी बेल्ही नाकाबाट भने स्याउ, लसुन, कस्मेटिक लगायतका सामाहरुका साथै प्रतिबन्धित गाजासमेत तस्करी हुने गरेको छ भने जिल्लाको दक्षिणी नाका सखडाबाट पनि अवैधा सामानहरु तस्करी हुने गरेको छ । सप्तरीको पुर्वी नाका ब्यारेजबाट पनि प्रतिबन्धित सामानहरुका साथै लागूऔषधहरु ओसारपसार हुने गरेको छ । सप्तरी प्रहरीले कोशी ब्यारेजबाट कति पटक लुकाएको अवस्थामा गाँजा नियन्त्रणमा लिएको थियो । 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update