News 24 Television
फेरि अर्को कैदीबन्दीको मृ‘त्यु, एकपछि अर्को घटनाले तनावको अवस्था

काठमडौं । कैलालीको जिल्ला कारागारमा कैदी बन्दीको मृत्यु र कैदी बीचको झगडाको घटना सेलाउन नपाउँदै पर्साको वीरगञ्जमा एक कैदीबन्दीको मृत्युको खबरले लफडा सृजना गरेको छ । कैद जीवन काटिरहेका राहुल साहको मृत्युपछि मृतकका आफन्तले विरोध गर्दा स्थिति तनावपूर्ण बन्न पुग्यो । 

कैलालीको जिल्ला कारागारमा कैदीबीच ग्याङ फाइट र एक कैदीको मृत्यु भएको घटना सेलाउन नपाउँदै पर्साको वीरगञ्जमा एक कैदीबन्दीको मृत्यु भएको छ । कैद सजाय काटिरहेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ खल्वा टोल निवासी कैदी राहुल साहको उपचारका क्रममा मंगलबार मृत्यु भयो । कैदीको मृत्युको कारण मृतकका आफन्तले कारागार प्रशासन नै रहेको आरोप लगाउँदै विरोध गरेका छन् । मृतक कैदी साह २०७९ सालदेखी कर्तव्य ज्यान मुद्धामा कारगार चलान भएका थिए । 

राहुल साहको मृत्यु अस्पताल तथा कारागार प्रशासनको लापरवाहीको कारणले नै भएको आरोप आफन्तको छ । विरोधले स्थिति तनावपूर्ण बन्न थालेपछि स्थिति नियन्त्रणमा केहि समय हम्मेहम्मे परेको थियो ।

कसरी भयो कैदीको मृत्यु ?

कारागार प्रशासन प्रमुख भिम राज भुसालका अनुसार कैदी राहुल साहलाई विहान व्यायाम गर्ने क्रममा स्वास प्रस्वासमा समस्या भएपछि प्राथमिक उपचार दिई थप उपचारका लागी नारायणी अस्पतालमा मृत्यु हुन पुगेको हो । 

मृतक साहको नारायणी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागी वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लैजाने तयारी गर्दा कैदीबन्दीको हकमा प्रकृया पु¥याउनुपर्ने भन्दै ढिला गरेपछि  समयमा उपचार नपाएको कारण मृत्यु भएको आफन्तको आरोप छ । 

नारायणी अस्पतालका सूचना अधिकारी तथा फिजीसियन डा. उदयनारायण सिंहका अनुसार मृतकलाई अस्पताल ल्याउदै गर्दाको अवस्था चिन्ताजनक रहेको थियो । अस्पतालले आफ्नोतर्फ बाट गर्न सक्ने हरेक उपचार गर्दा पनि बचाउन सम्भव नभएको चिकित्सकको भनाइ छ ।  
यता जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी  गणेश अर्यालले मृतकका आफन्तले प्रशासनमाथि लगाएको आरोपको खण्डन गरेका छन् । उनले आफूले नारायणी अस्पतालमा नै आईसियू बेडको व्यवस्था गरी  उपचार गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएको र सो अनुसारको उपचार भएको दाबी गरेका छन् । 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update