News 24 Television
विद्यार्थीलाई पुरस्कारै–पुरस्कार, शिक्षा सुधार उद्देश्य 

कैलाली । कैलालीको जानकी गाउँपालिकाले शिक्षामा सुधार ल्याउन नयाँ अभ्यासको सुरुवात गरेको  छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गइरहेको बेला पुरस्कार मार्फत जानकी गाउँपालिकाले शैक्षिक सुधारका लागि नयाँ प्रयासको थालनी गरेको हो  । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ र माध्यमिक शिक्षा परीक्षा कक्षा १० को एसईई मा ४ जीपीए ल्याउने विद्यार्थीलाई १ लाख पुरस्कार दिने मापदण्ड बनाएको छ । 

स्थानीय सरकारले माध्यामिक तहसम्मको शिक्षा सुधारका लागि अनेक प्रयास गर्दै आएका छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर थप सुधारका लागि प्रत्साहनका प्रयासस्वरुप स्थानीय सरकारले काम गर्दै आइरहेका बेला कैलालीको जानकी गाउँपालिकाले समेत पुरस्कार मार्फत विद्यार्थीलाई पढाइमा प्रस्साहन गर्ने भएको छ । 

जसका लागि राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ र माध्यमिक शिक्षा परीक्षा कक्षा १० को एसईई मा ४ जीपीए ल्याउने विद्यार्थीलाई १ लाख पुरस्कार दिने मापदण्ड बनाइएको छ । गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूको कक्षा ५, ८, १० र कक्षा १२ को शैक्षिक नतिजाको आधारमा शैक्षिक सत्र २०८२ देखि लागु हुने गरी विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई प्रदान गरिने पुरस्कारको मापदण्ड बनाएर शिक्षामा सुधार ल्याउने प्रयास गरिएको हो ।

साथै, कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीलाई २५ हजार दिने मापदण्ड बनाएको छ भने  अधारभुत तह कक्षा ५ को परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीलाई २५ हजार पुरस्कार दिने मापदण्ड बनाइएको छ । गाउँपालिकाले शैक्षिक सुधारका लागी नतिजाका आधारमा पुरस्कार दिने मापदण्डमा प्रधानाध्यापक र शिक्षकहरु समेत समेटिएका छन् । 

जानकी गाउँपालिकाले शिक्षामा सुधार ल्याउनका लागी बनाएको मापदण्डले शैक्षिक सुधार गर्नमा टेवा पुग्ने शिक्षाको क्षेत्रमा सरोकार राख्ने व्याक्तिहरुले बताएका छन । विद्यालय र विद्यार्थीको भविष्यप्रति शिक्षकहरुलाई जवाफदेही बनाउन पालिकाले ल्याएको शैक्षिक नतिजाका आधारमा दिने पुरस्कार फलादायी हुने उनीहरुको विश्वास छ ।

पालिकाले सञ्चालित विद्यालयको माथिल्लो परीक्षाको नतिजा निरन्तर २ वर्ष निल ल्याउने विद्यालयका प्रधानाध्यापकलाई परिवर्तन गर्ने र शिक्षक तथा कर्मचारीलाई प्रचलित कानुन अनुसार कारबाही गर्ने मापदण्ड समेत बनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update