
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छिन् । अन्य चार जनाको नाम चर्चामा रहेका बेला न्यौपानेले एकाएक सभापतिमा इन्ट्री मारेकी हुन् ।
एकाएक राज्यव्यवस्था समितिमा सभापतिको पद पाउन सफल न्यौपानेको राजनीतिक र पार्टी सभापति शेरबहादुर देउवासँगको कनेक्शन कस्तो छ त ? प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेस चार नेताहरुको नाम निकै चर्चामा थियो । तर, चर्चामै नरहेको नाम अर्थात सांसद ईश्वरीदेवी न्यौपानेले समिति सभापतिमा बाजीमारेपछि अहिले उनीबारे चर्चा परिचर्चा भइरहेका छन् ।
औपचारिक घोषणा हुन बाँकी रहेपनि न्यौपाने राज्य व्यवस्था समितिको सभापतिमा निर्विरोध निर्वाचित भइसकेकी छन् । सभापति चयनबारे औपचारिक घोषणा बुधबार दिउँसो ३ बजे बस्ने समिति बैठकमा हुनेछ ।
को–को थिए चर्चामा ?
- राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा आकांक्षी थुप्रै नेताहरु थिए । जसमध्ये विशेष चर्चामा चार सांसदहरु नाम थियो ।
- राज्य व्यवस्था समितिमा रहेका दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सरिता प्रसाईं र हृदयराम थानी समितिको सभापतिका आकांक्षी थिए ।
ड्ड तर, कांग्रेसले ईश्वरीदेवी न्यौपानेलाई सभापति बनाउने निर्णय लियो ।
- त्यही समितिमा रहेकी तर संसदीय सुनुवाइ समितिको सभापति समेत रहेको हुँदा न्यौपानेको नाममा खासै चर्चा भएको थिएन । तर, अन्ततः बाजी भने न्यौपानेले नै मारिन् ।
कसरी एकाएक राज्य व्यवस्था समितिको सभापति बनिन् न्यौपाने ?
- कांग्रेस सभापति शेरबहादुर देउवाको विशेष र विश्वास पात्र भएकाले न्यौपानेलाई सभापति बन्न निकै सहज भयो ।
- देउवाकै ग्रिन सिङ्गनलमा न्यौपाने राज्य व्यवस्था समितिको सभापति बन्न सफल भइन् ।
- सभापति कसलाई बनाउने भनि टुङ्गो लगाउन देउवाले दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरेलाई बोलाएका थिए । यद्दपि, गगन पार्टी कार्यालयमा कार्यक्रम रहेकाले छलफलमा उपस्थित भएनन् ।
- विहानको बैठक स्थगित गरेका देउवाले दिउँसो पुनः बैठक बोलाए ।
- बैठकमा समितिभित्र र बाहिर रहेका सांसदहरूबारे छलफल त भयो तर, कुरा पुरा भएन ।
- महामन्त्री शर्माले शीर्ष तहबाट समिति सभापति नहुने भएपछि आकांक्षी चार मध्ये एक जनालाई बनाउन सकिने विकल्प अघि सारे ।
- तर, सभापति देउवाले दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सरिता प्रसाईं र हृदयराम थानीलाई सभापति बनाउन हुन्छ भन्ने संकेत गरेनन् । - सभापति देउवा नै उनीहरूको पक्षमा नदेखिएपछि अर्को विकल्प खोजियो ।
- श्याम घिमिरेलाई प्रमुख सचेतकभन्दा पनि समिति सभापति बनाउन छलफल भयो ।
- घिमिरेलाई प्रमुख सचेतकबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउने पक्षमा सभामुख देवराज घिमिरे देखिएनन् ।
- त्यसपछि समिति सभापतिबाट राजीनामा गरेका रामहरिलाई नै दोहो¥याउन सकिने विचार राखे । तर, त्यो स्वीकार भएन ।
- यसरी विकल्पको खोजीमै समय वित्यो । तर, समितिमा रहेका आकांक्षीहरूबाटै सभापति बनाउन देउवा तयार देखिएनन् ।
- त्यसपछि, उपसभापति खड्काले संसदीय सुनुवाइ समिति सभापति ईश्वरी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर सभापति बनाउन सकिने अर्को विकल्प अघि सारे ।
- यसबारे छलफल भयो ।
- सभामुख देवराज घिमिरेलाई पनि यस वस्तुस्थितिबारे जानकारी गराइयो ।
- न्यौपानेलाई संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा गराएर राज्य व्यवस्थाको सभापति बनाउन सकारात्मक देखिए ।
- सभापति देउवाले मंगलबार बिहान बोलाएको बैठकमा ईश्वरीलाई राज्य व्यवस्था समितिको सभापति बनाउन नेताहरू एकमत देखिए ।
यसरी सबै नेताहरु एकमत देखिएपछि मंगलबार दिउँसो उनले मनोनयन दर्ता गराइन् । मनोनयनको लागि मंगलवार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि समय तोकिएको थियो । निर्धारित समयमा सभापतिका लागि न्यौपानेको मात्र उम्मेदवारी प¥यो । संसदीय सुनुवाई समिति सभापतिबाट राजीनामा दिएर उनले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनको प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका छन् । एकल उम्मेदवारीसँग उनी निर्विरोध निर्वाचित भएकी छन् । यद्दपि, औपचारिकता बुधबार दिउँसो मात्रै प्रदान गरिने छ । बुधवार बस्ने राज्य व्यवस्था तथा सुशासनको बुधवारको बैठकमा उनी सभापतिमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ । यसअघि कुलिङ अफ पिरियड छेड्खानी प्रकरणमा संसदीय समितिले नैतिक एवं राजनीतिक जिम्मेवार ठहर गरेपछि रामहरि खतिवडा पदबाट राजीनामा दिएका थिए ।