News 24 Television
खुला सीमाः कालोबजारी र महंगी नियन्त्रणमा समस्या 

रुपन्देही । खुला सीमा, कालोबजारी र महंगी नियन्त्रण गर्न सरोकारवालाहरुले माग गरेका छन् । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले बुधबार बुटवलमा आयोजना गरेको दैनिक उपभोग्य वस्तुको सुनिश्चितताः उपभोक्ताको अधिकार हाम्रो चासो विषयक अन्तरसंवादमा सहभागीरुले चाडबाड नजिकिएसँगै बजारका कालोबजारी र महँगी बढेको गुनासो आउने गरेको भन्दै सरकारले कडाइका साथ अनुगमन गर्न माग गरेका हुन् । 

सिमावर्ती जिल्लाहरूमा अस्वस्थकर सामाग्री भित्रिरहेकाले त्यसलाई रोक्नुपर्ने,  कालोबजारी नियन्त्रण गर्नुपर्ने र चाडपर्वको मुखमा महँगी नियन्त्रणमा विशेष ध्यान दिन सरोकारवालाहरुले माग गरेका छन् । नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुधबार बुटवलमा आयोजना गरेको दैनिक उपभोग्य वस्तुको सुनिश्चितताः उपभोक्ताको अधिकार हाम्रो चासो विषयक अन्तरसंवादमा सहभागीहरुले कालोबजारीर महंगी नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरेका हुन । 

खुला सिमाका कारण विषादीयुक्त उपभोग्य बस्तु सिधै भान्सामा पुगेको भन्दै सहभागीहरुले यसलाई रोक्न माग गरे । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन लगाएतका नेताहरुले सिमावर्ती जिल्लाहरूमा अस्वस्थकर सामाग्री भित्रिरहेकाले त्यसलाई रोक्न र कालोबजारी नियन्त्रण गर्न माग गरे ।

नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अन्तरसंवादले उपभोक्ताको हकअधिकार सुरक्षित गर्ने र उपभोक्तामैत्री नीति बनाउन सहयोग पुग्ने बताए ।  

सरोकारवालाहरुको सुझाव र माग सुनेपछि उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्ने बताए । उनले चाडवाडको मौका छोपेर कालोबजारी गर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको पाइएमा सरकारले कडा कारवाही गर्ने चेतावनी दिएका छन् । 

कार्यक्रममा लुम्बीनी प्रदेशका विभिन्न जिल्लाका कांग्रेसमा पार्टी सभापति, विभागका प्रमुख गुरु बराल, उद्योग वाणिज्य संघका अध्यक्ष प्रतिनिधि एवम् रूपन्देहीका उद्योगी व्यवसायी र उपभोक्ताहरूको सहभागिता थियो । 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update