News 24 Television
विद्याको ठाडो चुनौतिपूर्ण सन्देश ! ओली ब्याक ! अब निर्णायक मुभ ! 

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन सम्मुखमै आएको छ । तर, विधान महाधिवेशनअघि हुनुपर्ने केन्द्रीय समिति बैठक स्थगित गरेको एमालेमाथि अनेक प्रश्न र शंका गरिएका छन् । एमाले केन्द्रीय समिति बैठक विधान महाधिवेशनको सम्मुखमा किन स्थगन हुन पुग्यो त ? यहि भदौ १३ गते नेकपा एमालेको केन्द्रीय समिति बैठक बस्ने भनिएपनि अन्तिममा आएर स्थगित गरियो ।

बैठक स्थगित किन गरियो भन्ने जवाफ एमालेले सार्वजनिक रुपमा नदिएपनि केहि विषयहरु बाहिरिन भने थालेका छन् । अन्तिम समयमा आएर बैठक स्थगित हुने अनेक आधार देखाइएपनि यसको मूख्य विवाद भनेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देखाएको सक्रियता र उनी पक्षका नेताहरुले तयार पारिरहेको फरक दस्तावेजका कारण स्थिति अर्कै बन्ने संकेत देखिन थालेको बताइन्छ । यस्तोमा बैठक स्थगित किन भयो त ?

– केन्द्रीय समिति बैठकमा विद्यादेवी भण्डारी पक्षका नेताहरुले फरक दस्तावेज ल्याउने तयारी गर्नू

– विद्यादेवी भण्डारी पक्षका नेताहरुले विस्तारै तलैदेखि माहोल बनाउदै लैजानु

– उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले फरक मतलाई पार्टीले अस्वीकार गरेपछि त्यो जानकारी जस्ताको तस्तै पठाउनका लागि दिएको निवेदन ।

– एमालेमा बढ्दो विवादकाबीच पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक सक्रियता बढाएको देखाउन विभिन्न दलका नेताहरु भेट्दै विषय सार्वजनिक गर्नु ।

– विद्याले आफू एमालेको सदस्य नै भएको र विधान महाधिवेशनसम्म कुरेर सदस्यता दिन नचाहेमा विकल्पबारे सोच्ने सार्वजनिक सूचना प्रवाह गर्नु ।

– चीनको समर्थन आफुलाई भएको र वामपन्थी नेतृत्वका निम्ति अघि बढेको सन्देश नेता कार्यकर्तामा फैलाउन खोज्नु ।

यस्ता तमाम विषयलाई लिएर अघि बढिरहेकी भण्डारीले केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा चालेको राजनीतिक कदमले फेरि डराएका नेताहरु खुल्ने भय एमाले नेतृत्वमा देखिन्छ । भण्डारीको आत्मबल बलियो बनेको सन्देश दिने गरि पार्टी बैठक राख्दा जोखिम हुने ठानेरै यो विषयलाई धकेलिएको बताइन्छ ।

विधान महाधिवेशन र एमाले

एमालेले भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनमा २ हजार ३ सय ९२  जना सहभागी हुने भनेको छ । विधान महाधिवेशनको सम्मुखमा प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा निस्किदैछन् । ओलीले चीन भ्रमण सकेर फर्किएपछि भदौ १९ गते हुने केन्द्रीय समिति बैठक राख्ने एमालेको तयारी देखिन्छ । 

१९ गतेको केन्द्रीय समिति बैठक र २० गतेबाट विधान महाधिवेशन नै चल्ने भएपछि पार्टीभित्रका फरक मत र दस्तावेजहरु पनि छलफलमा जाने समयको चापमा पर्नेछन् । अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पेश गर्ने प्रतिवेदनमा छलफल पारित लगायतका काम गर्ने समय अपुग हुने भएकाले सोहिदिन गोलमोटल पार्ने स्थिति बनेको बताइन्छ । 

यस्तो चापमा फरक मत राख्दै आएको विद्यादेवी समूहमा भने केहि संकट आइलाग्नेछ । यता, चीनको समर्थन रहेको बुझेकी उनलाई ओलीले आफू विश्वमञ्चका नेताहरुसंग उभिएर आफ्नो थप ब्राण्डिङ गर्नेछन् । 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update