काठमाडौँ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । शनिबार प्रधानमन्त्री उत्तरी छिमेकी राष्ट्र चीन भ्रमणमा जाँदैछन् । त्यसअघि साेही भ्रमणबारे संसदमा जानकारी गराउने कार्यसूची राखिएको हाे ।
बिहीवार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग गर्नुभएको छलफलपछि यसबारे जानकारी गराए । प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा सदनलाई जानकारी गराउने कार्यसूचि रहेको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
साथै संसदको आगामी बैठक र कार्यसूचीबारे पनि छलफल भएको छ । १३ गतेपछि १८ गते र २५,२६ र २७ भदौमा बैठक हुने सहमति भएको बताउनु भयो ।
उनले भने, ‘संसदको आगामी बैठकको कार्यसूचिबारे छलफल भयो । त्यसपछि हामी १८ गतेदेखि, १८ र १९ गते र त्यो भन्दा पछाडिको कार्यक्रम कसरी गर्ने भन्नेबारेमा छलपल गरेका छौँ । भाद्र महिनाभरको कार्यतालिका कसरी लैजाने भन्नेबारेमा छलफल भएको छ । अर्को हप्ता २५,२६ र २७ गते बैठक हुन्छ ।’