News 24 Television
लेखजङ बने रुपन्देही ३ को रास्वपा उम्मेदवार 

काठमाडौं । आगामी कात्तिक १७ गते हुन लागेको रुपन्देही क्षेत्र नम्बर ३ को उपचुनाव सबै भन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई लागेको छ । उम्मदेवार छनोट विधिलाई लम्बेतान बनाउँदा रास्वपाको चर्चा चुलिएको हो । यो क्षेत्रको उपचुनावमा ९ जना आकांक्षी देखिएपछि पार्टीको आन्तरिक प्रतिष्पर्धा गराएर आइतबार डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरिएको छ । रुपन्देही–३ उपचुनावले रास्वपाको भविष्य निर्धारण गर्नेसम्मका चर्चा भइरहेका छन् । रुपन्ेदहीको उपचुनावको माहोला रास्वपा केन्द्रीय कार्यालयसम्म नै कसरी देखियो त ? 

रास्वपाले आगामी कात्ति १७ गते हुन लागेको रुपन्देही ३ को उपचुनावलाई निकै महत्वुर्ण मानेको छ । उपचुनावको मिति घोषणा भएदेखि नै रास्वपाले चुनावको भरपुर तयारी थालेको हो । 

उम्मेदवार छनोटको नयाँ विधि अपनाएको रास्वपाको यो उपचुनावमा ९ जना आकांक्षी थिए । उम्मेदवार छनोटमै महिना दिन समय लगाएको रास्वपाले अन्ततः आइतबार डा. लेखजङ थापालाई उम्मेदवार घोषणा गरेको छ । आन्तरिक प्रतिष्पर्धा र निर्वाचन क्षेत्रमा सबै उम्मेदवारलाई चुनावी प्रचारको अभ्यास गराएको रास्वपाले आइतवार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा पत्रकार सम्मलेन गरी डा. थापालाई उम्मेदवार घोषणा गरेको हो । 

पेशाले वरिष्ठ न्युरोलोजिस्ट डाक्टर समेत रहेका थापा रुपन्देहीका स्थायीबासी हुन् । स्थानीय समाजसंग घुलमिल भएको र जनताका समस्या राम्ररी चिनेकोले उनलाई उपयुक्त पात्र रास्वपाले ठहर गरेको हो । 

प्रतिष्पर्धीलाई उछिन्दै रास्वपाबाट उम्मेदवार बनेका डा.थापाले स्थानीय नागकरिकमा समस्या र गुनासा राम्ररी बुझेको आफु उपयुक्त पात्र बनेको बताए । साथै उनले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउनेगरी चुनावी मैदानमा होमिने र चुनाव जित्नेमा विश्वस्त देखिएका छन् । 

यता, पार्टीको प्राइमरी इलेक्सनमा पराजित अन्य आठ जनाले मनमा कुनै कण्ठा नबोकी चुनाबै मैदानमा होमिने बताएका छन् । पार्टीले सुरु गरेको प्राइमरी इलेक्सन नेपाली राजनीतिकै नयाँ सुरुवात भएकोले रास्वपाको झण्डा गाड्न मिलेर जाने बताएका छन् । 

यस्तै रास्वपाका केन्द्रीय नेताहरुले रुपन्देही ३ को उपचुनावमा रास्वपाको झण्डा गाडेर देखाइदिने दाबी गरेका छन् । ठुला राजनीतिक दलको किल्ला भत्काउने उनीहरुको दाबी छ । 

यद्यपी उम्मेदवार घोषणा गर्ने दिनमा भने प्राइमरी इलेक्स प्रक्रियामाथि आकांक्षीहरुले प्रश्न उठाए । प्राइमरी इलेक्सनमा चलखेल भएको रास्वपामा उजुरी नै परेको छ । रूपन्देही ३ भूगोलका सदस्यहरूले नै प्राइमरी इलेक्सन सञ्चालन गरेको दिन मतदान गर्न नपाएको भन्ने उजुरी पार्टी केन्द्रीय कार्यालय चःमतिमा परेको विषयले रास्वपा मथि नैतिक रुपमा भने प्रश्न उठाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update