News 24 Television
फरकमत राख्नेलाई ओलीले डण्डा चलाउने, विद्या समूहको अर्कै दाउ

काठडमाडौं । नेकपा एमाले दोस्रो विधान महाधिवेशनको सन्नीकटमा छ । बुधबार प्रत्रकार सम्मेलन मार्फत एमालेले तयारी सकिएको जानकारी दियो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा महासचिव शंकर पोखरेल सहितका नेताले विधान महाधिवेसन र तयारी बारे व्रिफिङ गरे । एमालेमा पुर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यताको विषयलाई लिएर नेताहरुबीच जुहारी चलिरहेकै छ । 

विधान महाधिवशेनमा यो विषय उठाउने विद्या समूहले तयारी गरिरहेको छ । तर यी सबै विवाद विधान महाधिवेशन अघि नै  सचिवालय बैठकबाट समाधान हुने नेताहरुको दाबी छ । 

    
भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी पूरा भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले प्रचार तथा प्रकाशन विभागले पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारीबारे जानकारी दिएको हो ।  

महाधिवेशनको उद्घाटन भदौ २० गते बिहान ११ बजे प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । विधान महाधिवेशनमा आयोजकका तर्फबाट ३ सय १५ जना र २ हजार २६ जना प्रतिनिधि गरी २ हजार ३ सय ४१ जनाको सहभागिता रहने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

एमालेले विधान महाधिवेशनका लागि ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ । 

    कसले कुन प्रतिवेदन पेश गर्दैछन् ? 

    –अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन । 

    –महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन । 

    –उपाध्यक्ष विष्णु पौडेलबाट विधान शंशोधन प्रस्ताव । 
 
    – केशव वडालले केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन । 

    –डा. पुष्प कँडेलबाट केन्द्रीय लेखा आयोग प्रतिवेदन । 

    –डा. विजय सुब्बाले केन्द्रीय निर्वाचन आयोगको प्रतिवेदन । 

    –अमृतकुमार बोहोराबाट केन्द्रीय सल्लाहकार परिषद् प्रतिवेदन 

पेस गर्नेछन् । यसबाहेक पार्टीमा फरक मत राख्दै आएका पूर्व राष्ट्रपति विद्या भण्डारी समूह पनि कडा प्रतिवादको तयारीमा छ । एमालेमा ७० बर्षे उमेरहद र दुई कार्यकालको विषयलाई लिएर गरमागरम स्थिति छ । गत महिना सम्पन्न एमालेको केन्द्रीय कमिटि बैठकले दुई कार्यकाल र ७० बर्षे उमेरहद हटाउने विषयमा सहमति जुटाएको थियो । तर पुर्वराष्ट्रपति भण्डारीसमूह यस्तो निर्णयमा सहमत छैनन् । ७० वर्षे उमेर हद कार्यान्वयन गर्न उक्त समूहले भण्डारीलाई नै अगाडी सारेको छ । 

भण्डारीले एमालेमा सक्रिय राजनीति गर्ने औपचारिक घोषणा नै गरेपछि ओली समूहले उनको सदस्यता नै रोकिदिएको छ । पुर्वराष्ट्रपति भण्डारीलाई पार्टी प्रवेशमै रोकेको भन्दै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहितका नेताहरुले असन्तुष्टी पोखिरहेका छन् । उनीहरुले भण्डारीलाई पार्टीमा रोक्न नहुने बताइरहेका छन् । 

उपाध्यक्षद्घय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे तथा केन्द्रीय नेता कर्ण थापा विद्याको पक्षमा मैदानमै उत्रिएका छन् । तर यी सबै विमति विधान महाधिवेशनअघि नै विहीबार बस्ने सचिवालय बैठकले समाधान गर्ने दाबी महासचिव शंकर पोखरेलको छ ।          

ओलीको राजनीतिक प्रतिवेदनमा के छ ?  

विधान महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनले विकसित राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै आजका मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्नेछ । निर्णायक राष्ट्रिय शक्तिका रूपमा पार्टी निर्माणलाई कामको केन्द्रबिन्दु बनाउन निर्देशित गरिएको छ । यस्तै, 

    –पार्टीको कार्यदिशा र कार्यभारको मार्गचित्र 

    –जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण

    –नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष प्रस्ताव 

    –‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय गन्तव्यको रूपमा अगाडि बढाउने मार्गचित्र समावेश 
    
    पौडेलको विधान संशोधनको प्रस्तावमा के छ ? 

    –दुई खाले सदस्यता व्यवस्था

–७० वर्षे उमेरहद हटाउने

    –जिल्ला कमिटीलाई कार्यकारी बनाउने

    –२५१ सदस्यीय केन्द्रीय कमिटी निर्माण

    –एक तिहाई पोलिटब्यूरो र १५ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था 

    –पदाधिकारीमा अनिवार्य रूपमा एक महिला रहने व्यवस्था । 
    
    महासचिव पोखरेलले प्रस्तुत गर्ने संगठनात्मक प्रतिवेदनमा के छ ? 

    –पार्टी निर्माणका चुनौती र समाधानका उपाय

    –राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र

    –राजनीतिक स्थायित्व, राष्ट्रिय हित र स्वाभिमानको रक्षा

    –विकास, समृद्धि र सुशासनका विषयमा स्पष्ट धारणा 

    –मुलुककै निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने दृष्टिकोण 
    
    एमाले विधान महाधिवेसनलाई लिएर पार्टीको तल्लो तहदेखि केन्द्रीय स्तरमा चहलपहल बढेका छन् । कार्यकर्ताको जनमत बोकेर प्रतिनिधिहरु महाधिवेशनमा सहभागि हुने हुनाले पनि उत्तिकै चासो बढेको हो । 


    कसको जिम्मेवारी के ?

    –केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितको नेतृत्वमा आवास व्यवस्थापन

    –जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको नेतृत्वमा स्वयम्सेवक परिचालन

    –स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा स्वास्थ्य व्यवस्थापन

    –प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमको नेतृत्वमा प्रचार व्यवस्थापन 

    –मजदुर फाँट प्रमुख विनोद श्रेष्ठको नेतृत्वमा मञ्च तथा साजसज्जाको व्यवस्थापन 

    –जनसांस्कृतिक फाँटका प्रमुख हेमराज राईको साँस्कृतिक कार्यक्रम र झाँकी व्यवस्थापन

    –केन्द्रीय सचिवालय सचिव डा. भीष्म अधिकारीको नेतृत्वमा खाद्य र सचिवालय व्यवस्थापन

    –बाग्मती, ललितपुर, भक्तपुर र काठमाडौँ जिल्ला कमिटी सहित जनसंगठनहरुको पहल र अगुवाईमा स्वागत गेट व्यवस्थापन । 

    सहितको जिम्मेवारी रहेको छ । पार्टीको कानून निर्माण गर्ने विधान महाधिवेशनलाई एक प्रकारको मिनी महाधिवेशनकै रुपमा हेरिएको छ । जसले पार्टीभित्र मौलाएको गुटहरुको अन्त्य गर्ने छ कि गुटहरुले अझ प्रश्रय पाउनेछ, प्रतिक्षाको विषय बनेको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update