
काठमाडौं । कर्ण थापा नेकपा एमालेको महाधिवेशन स्थलमा भएका चर्चित पात्र हुन् । थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेर आवाज उठाउदै आएका छन्। उनी यतिमात्रै नभई एमालेमा भण्डारीको पक्षमा खुलेर वकालत गर्ने र राजनीतिक नेतृत्वको विकल्प विद्यादेवी हुनसक्ने भन्दै वकालत गर्ने नेता समेत हुन् । तर, एमालले उनलाई निषेध गर्न खोजेको चर्चा चलिरहेको छ । यस्तो अवस्थामा के थापाले फरक मतलाई पार्टीमा बलियो पार्न सक्लान् त ? उनको प्रयास सार्थक बन्ने सम्भावना देखिन्छ त ?
पार्टी विधानका व्यवस्थामा फरक मत राख्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा राजनीतिक वकालत गर्ने गरेका एमालेका स्थायी समिति सदस्य कर्ण थापा चर्चामा छन् । उनले एमालेमा विधानमा हुन लागेको हेरफेरदेखि पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फिर्ता ल्याउने कुरामा रोकटोक गर्न नमिल्ने भन्दै आएका छन् । यसले कर्ण थापा एमालेमा मात्रै नभई जताततै चर्चामा रहने पात्रमा पर्छन् । यद्यपि, थापाको फरक मतलाई एमालेले हलमा बाचन गर्न निषेध गरिदिएको छ भने समूहको छलफलमा सिमित पारिदिएको छ ।
गौतमले जस्तै एमाले नेताहरुले पनि थापाको फरक मतलाई अति महत्व दिएको दाबी गरिरहेका छन् । उनको फरक मतलाई वितरण गरिएको छ भने समूहमा छलफल गर्नुपर्ने गरि पठाइएको छ । यसले एमाले नेतृत्व थापाप्रति कठोर बनेको चर्चा चलिरहेको छ । तर, अर्का नेता लालबाबु पण्डित पनि थापाको प्रतिवेदन छलफलमा गएको भन्दै पार्टी र नेतृत्वको बचाउमा उत्रिएका छन् ।
उसोतः एमालेमा भण्डारी याचना पत्र समेत बाँडिएको थियो । भण्डारीले शुभकामना दिदै आफ्नो पत्रबारे चर्चा गरेकी थिइन भने आफ्नो सदस्यता कायम गर्ने कुरामा पहल गर्न अपिल नै गरेकी थिइन् । यता, अध्यक्ष केपी ओलीले भने कठोरता अपनाउदै छलफल गर्न नसकिने प्रष्ट पारिसकेका छन् । एमालेमा भण्डारीको पक्षमा केहि नेताहरुले वकालत गरेपनि एमालेको सिंगो पार्टीपंक्तिले अस्वीकार गर्ने स्थिति बनेपछि अब के होला भन्ने चासो बढिरहेको छ । तर, नेता थापा भने पार्टीको निषेधात्मक रणनीतिका बाबजुत पनि अघि बढेका छन् ।
ओलीसँगको छलफल
नेता थापाले फरक मतको विषयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीेसंग तीन घण्टा लामो छलफल गरेको बताइएको छ । थापाले तीन घण्टा लामो छलफल गर्दै फरक मतको विषयमा प्रशस्त छलफलमा सहभागी भएको भनिएपनि महाधिवेशनस्थलमा थापा आधा घण्टा उभिएको बताइन्छ । यसले पनि एमालेले थापाको फरक मतलाई कसरी सम्बोधन गर्छ भन्ने चासो बढेको छ ।
यता, ओली भने आन्तरिक लोकतन्त्रको कडा वकालत गर्दै जबताको बहुदलीय जनवादमाथि धावा बोल्ने तयारीमा देखिन्छ । नेपाली विशेषताको समाजवाद भन्दै अघि बढेका ओलीले वामपन्थी एकताको ग्राउन्ड समेत तयार पार्न खोजेका त होइनन् ? चर्चा चलिरहेको छ ।