
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आइतबार सम्पन्न भएको छ । ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको निष्कर्ष सहित सबै विधान पारित गरेको छ ।
नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ । ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओली नै एमाले नेतृत्वमा निर्विकल्प व्यक्ति रहेको सन्देश दिएको छ ।
महाधिवेशनमा प्रस्तुत सबै प्रतिवेदनहरु सर्वसम्मतिले पारित समेत गरिएको छ । यो संगै एमालेको नेतृत्वमा अब ७० बर्षे उमेर हद र दुई कार्यकारीको प्रावधान हटेको छ । यता, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण आवश्यक नरहेको ठहर गर्दा असन्तुष्ट पक्षले आफ्नो एजेण्डा महाधिवेसनसम्मै नछाड्ने अडान राखेका छन् । सोमबार विधान महाधिवेशन सम्पन्न भएसंगै एमाले अब ११ औँ महाधिवेसनमा होमिदैछ ।
प्रतिवेदन पारित
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव सहितका प्रतिवेदन पारित भएका हुन् ।
अन्य प्रतिवेदनहरु
–अमृतकुमार बोहराले प्रस्तुत गरेको सल्लाहकार परिषद्
–केशव बडालले प्रस्तुत गरेको केन्द्रीय अनुशासन आयोग
–डा. पुष्प कँडेलले प्रस्तुत गरेको केन्द्रीय लेखा आयोग
–डा.विजय सुब्बाले प्रस्तुत गरको केन्द्रीय निर्वाचन आयोग
प्रतिवेदन पारित भएका छन् । यस्तै महाधिवेशनले पुनः एमालेको निर्वाचन आयोगको प्रमुखमा डा. विजय सुब्बालाई नै दोहो¥याएको छ । प्रतिवेदन सर्वसम्मतीले पारित गर्नुपूर्व भुगोलका हिसाबले सात प्रदेश र तीन गैरभुगोलगरी १० समुहमा छलफल भएको थियो ।
विधान महाधिवेशनबाट के–के हटे ?
– ७० वर्षे उमेर हद
– दुई कार्यकालको प्रावधान
योसँगै ललितपुरको गोदावरी सनराईज हलमा तीन दिनसम्म चलेको विधान महाधविवेसनले ११ औँ महाधिवेसनको अध्यक्षमा केपी शर्मा ओलीलाई निर्विकल्पको सन्देश समेत दिएको छ ।
करिब ९९ प्रतिशत प्रतिनिधि अध्यक्ष ओलीको पक्षमा खुल्दा पुर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षका नेताहरुले सास फेर्ने मौका पाएनन् । यसले अध्यक्ष ओलीलाई अझ सजिलो बाटो तय भएको देखिन्छ ।
महासधिवेसनमा सुदुरपश्चिमका प्रतिनिधि बाहेक अन्य प्रतिनिधिले ओलीको विकल्प नदेख्दा ओली एमालेका एक्ला कमाण्डर बनेका हुन् । यसले पुर्वराष्ट्रपति भण्डारीलाई केही धक्का लागेको छ ।
ओलीको नेतृत्वमा मिसन–०८४
अब महाधिवेसनबाट अध्यक्ष ओली नै तेस्रो पटक दोहोरीने पक्का विधान महाधिवेसनको सन्देशले प्रष्ट गर्छ । महाधिवेसन सकेर मिसन् ०८४ मा ओलीकै नेतृत्वमा बहुमत जनमत सहित एकल सरकार बनाउने लक्ष्य एमालेले बोकेको छ । यसको प्रमुख लिडर ओली हुनेछन् ।
विधान महाधिवेसनबाट विद्याको च्याप्टर क्लोज !
दुई÷दुई पटक राष्ट्रपति बनेर अविभारा सम्हालेकी विद्यादेवी भण्डारीको एमाले प्रवेशको च्याप्टर क्लोज भएको छ । एमाले विधान महाधविवेसन हलले उनको एमाले प्रवेशको ढोका बन्द भएको सन्देश दिएको हो । यो संगै भण्डारीको राजनीतिक यात्रामा अन्योलता थपिएको छ । थापागाउँमा सम्पर्क कार्यलय नै खोलेर सक्रिय बनेकी भण्डारीको राजनीति संकटको ढिलमा पुग्दा ओली भने एमालेमा सर्वाैपरी बने ।
फरक मतले स्थान पाएन
एमाले विधानमहाधिवेसनमा फरक मत राख्न दिइने निर्णय सचिवालय बैठकले गरेको थियो । फरक मत राखेका नेता कर्ण थापाको प्रतिवेदन पेस गर्द दिइने समेत बताइएको थियो । तर गोदावरी हलमा फरक मतको प्रतिवेदन पेस गर्न समय मागेको कर्ण थापालाई समय उपलब्ध गराइएन् । अध्यक्ष ओली एकलौटी रुपमा अघि बढेपछि थापा आधि घण्टा उभिएका विरोध नगरेका होइनन् तर केहि लागेन ।
विद्याका नेताको कच्चा खेल
सचिवालय, पोलिटब्यरो, केन्द्रीय कमिटी हुँदै विधान महाधिवेसनले समेत पुर्वराष्टपति भण्डारी रोक्ने निर्णय गर्दा उनी निकट भनीएका नेताहरु मुखदर्शक बने । अर्थात् विद्या पक्षका नेताहरुले कच्चा खेल खेले ।
न उनीहरुले स्ष्पट रुपमा अडान लिन सके न त बैठकमा बोल्ने हिक्मत राखे । अध्यक्ष ओली समक्ष निरिह बनेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्घय सुरेन्द्र पाण्डे र युवराज ज्ञावली अब महाधिवेसन तिर घुँमाइरहेका छन् । नेता थापा बाहेक सबै कच्चा निक्लिएपछि विद्या चौतर्फी घेरबन्दीमा मात्रै परेकी छैनन् र रनभुल्लमा परेकी छिन् ।
एमालेको दोस्रो विधान महाधिवेसनमा देशभरीबाट २ हजार २६ प्रतिनिधि र ३ सय १५ आयोजक गरी २ हजार ३ सय ४१ जना सहभागि भएका थिए । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा विधान महाधिवेशनले स्थापित गरेको छ ।