News 24 Television
जेन–जीले देशभर पावरफुल दृष्य देखाए, सरकारले मच्चायो बर्बरता !

काठमाडौं । जेन–जी आन्दोलनमाथि सरकारले मच्चाएको बर्बरताले मुलुक नै स्तब्ध छ । सरकारको अधिनायकवादी शैली भन्दै देशभर नै आन्दोलनमा उत्रिएका नाबालकदेखि युवाहरुमाथि सरकारले कसरी हिंसाको शैली अपनायो त ? देशभर कुन ठाउँमा दिनभर कस्तो रहयो ? प्रस्तुत छ, देशभरका आन्दोलनका यि दृष्यहरु । 

सरकारले जताततै अत्याचार मच्चायो भनि विरोधमा उत्रिएका युवाहरुमाथि सरकारले बर्बरता मच्चायो । आन्दोलमा स्वस्फुत आएका युवाहरुलाई गोली ठोक्दै रक्तपातपूर्ण वातावरण बनायो सरकारले । यसरी सोमबार दिनभर नेपालका थुप्रै शहरहरु अशान्त मात्रै होइन रक्तपातपूर्ण बने । 

काठमाडौंबाहेक अन्य ठाउँमा प्रदर्शनको अवस्था कस्तो ?

-  काठमाडौंमा मात्रै होइन, सुनसरी, झापा, पोखरामा पनि गोली चलाइयो । 

-    सुनरीमा गोली लागेर २ जनाको मृत्यु भयो । 

-   अन्य शहरहरुमा पनि दर्जनौं जेनजी पुस्ता घाइते भए । इटहरीमा मृत्यु भएकाहरु २५ र ३० वर्षका युवा रहेको प्रहरीले बताएको छ । 

-   इटहरीमा गोली लागेर घाइते भएकामध्ये १ जनाको उपचार भइरहेको छ । 

झापाको विर्तामोड नगरपालिकामा  तोडफोड र ढुंगा प्रहार

-    झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा जेनजी प्रदर्शनले स्थिति तनावपूर्ण बन्यो ।

-   प्रदर्शनका क्रममा उनीहरु र सुरक्षाकर्मीबीच झडप भयो । प्रहरीले भीड तितरबितर पार्न प्रयास गरे पनि आन्दोलनकारीहरुले ढुंगा प्रहार गर्दै प्रतिकार गरे । 

-   ढुंगा प्रहारका कारण नगरपालिकाको भवनको सिसा फुटेको छ, केही ठाउँमा तोडफोड भएको बताइएको छ । 

-   दमकमा पनि प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो ।

-   झापाको दकम र विर्तामोड लगायतका क्षेत्रमा प्रदर्शनकारी र केही प्रहरी पनि घाइते भए । 

बुटवल र भैरहवामा पनि कफ्यू

-    जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदर्शनमा उत्रिएका व्यक्तिले ठूला दलका पार्टी कार्यालय र नेताका ४ गाडीमा तोडफोड गरेका छन् । 
-   प्रदर्शनकारीले भैरहवास्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय र बुटवलमा रहेको एमाले जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका हुन् । 

-   नेपाली कांग्रेसक जिल्ला नेताका गाडी फुटाएका छन् । 

-  सोमबार अपरान्ह बुटवलको राजमार्ग चौराहामा प्रहरी प्रदर्शनकारी ढुंगा हानाहान भएको छ ।

पार्टी कार्यालय आक्रमणपछि फर्किएका यूवाले कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मणिग्रामस्थित घरमा पनि तोडफोड गरेका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार दिनको ४ बजेदेखि आज राति १० बजेसम्म बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कफ्यु आदेश जारी गरेको हो। आदेशमा पाँच जना भन्दा बढी भेला हुन धर्ना, घेराउ, जुलुस प्रदर्शन गर्न निषेध गरिएको छ ।

चितवनको भरतपुर महानगरपालिकामा प्रहरी र प्रदर्शनकारीबीच झडप

-    चितवनको भरतपुरमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप 

-    भीड नियन्त्रणका लागि अश्रुग्यास प्रहार 

-    हवाई फायर गरेको आरोप तर पुष्टि बाँकी 

पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी

भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएको जेनजी पुस्ताको प्रदर्शन पोखरामा उग्र रूप लिँदै तोडफोड र प्रहरीसँगको झडपमा परिणत भयो । भीडलाई नियन्त्रण लिन प्रहरीले गोली र अश्रुग्यास समेत प्रहार गर्यो । जेनजीले पोखरा सभागृहमा भेला भई पोखराका मुख्य चोक तथा सडकमा प्ले कार्ड लिएर सरकार र भ्रष्टचार विरुद्ध नाराबाजी गरे । 

सरकारले सामाजिक सञ्जाल बन्द गर्नेदेखि नेताहरु भ्रस्टाचारमा लिप्त भएको आवाज जेन्जीले उठाएका छन् । देशमा भ्रष्टाचारमा नेताहरु लिप्त भइरहेको तर नागरिकले भने अनेक दुख खेप्नु परिरहेकाले सडकमा उत्रनु परेको उनीहरूले बताएका छन् । 

प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घुसपैठ गरेपछि शान्तिपूर्ण आन्दोलनले अशान्त रूप लिएको जेनजी प्रदर्शनकारीहरुको आरोप छ । पोखरामा जेनजीहरु करिब ३० जनाभन्दा बढी घाइते छन् । उनीहरुको उपचार जारी छ । 

मोरङ, पर्सा  र धनुषामा  शान्तिपूर्ण रूपमा सम्पन्न

जेनजी पुस्ताले सोमाबार वीरगन्जको घण्टाघरमा भव्य प्रदर्शन गरी भ्रष्टाचारविरुद्ध आवाज उठाए । तर आन्दोलन शान्त नै रहयो । 

जनकपुरधाममा पनि नयाँ पुस्ताहरुको समूहले सडकमा प्रदर्शन गरे । सरकार र राजनीतिक दलका नेताहरुले भ्रष्टाचार र वेथिति मच्चाएको विरुद्ध उनीहरुको आवाज चर्को छ । 

नागरिकलाई रैती ठानेर शासन गर्ने प्रवृत्तिविरुद्ध सुरु गरिएको यो आन्दोलनलाई संयमित र शालीन ढंगले अघि बढाउने संकल्प जेन–जी पुस्ताले गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update