काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै सुरक्षा व्यवस्था मजबुत

काठमाडौं । काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै नेपाली सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको हो ।
काठमाडौंको माईतीघर, कालीमाटी, नक्शाल, कमलपोखरी, सुन्धारा लगायतका स्थानहरुमा सेनाले गस्ती गरिरहेको छ । साथै सवारी साधनमा हिँड्नेहरुलाई चेकजाँच गरिरहेको छ ।
उनीहरुलाई सोधपुछ गरेर मात्रै आवश्यक कामका लागि जान दिएको छ भने अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गरेको छ ।
संविधानको रक्षार्थ वर्तमान संविधान पक्षधरहरुले आन्दोलन गर्ने समाचारहरु बाहिरिएसँगै सडकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलहरु खटिएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२ १०:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय