
काठमाडौं । ‘जेन–जी’ आन्दोलनको उग्रताले मुलुक क्षणभरमै धुवाँ र खरानीको भूमरीमा रुमलिन पुग्यो । सडकमा उठेको आक्रोश सीधै सत्ताको ढोकासम्म पुग्दा शक्तिशाली भनिने नेताहरूका आलिशान निवासहरू प्रतिशोधको आगोमा विलीन भए । यसरी विलीन हुनेमा को–को परे त ?
भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनले केही घण्टामै मुलुकलाई आगोको रापमा धकेलिदियो । आक्रोश उर्लिँदा सडकदेखि सत्ता केन्द्रसम्म सबैतिर धुवाँ मात्रै देखिन्थ्यो । निजी घरदेखि सरकारी भवनसम्म आगोले नचिनेर सबलाई खरानीमा बदलिदियो । नाराबाजीको उन्मादबीच नेताहरूको निवासहरू प्रतिशोधको मुठो बने ।
धुँवामाथि धुँवा यस्तै दृश्य थियो । रास्वपाका घर सुरक्षित रहे पनि राप्रपा निकट दमकका मेयर राम थापाबाहेक प्राय सबै दलका नेताहरू आन्दोलनकारीको निशानामा परे । क्षणभरमै तिनको जग्गा–घर धुलोमा र इतिहासमा परिणत भए । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको घर दनदनी बालियो ।
त्यसै क्षण, ओलीको तेह्रथुमको पुख्र्यौंली घर र झापास्थित निवास पनि आगो लाग्यो । त्यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित घरसमेत आगजनी भयो । पूर्व–राष्ट्रपति विद्यादेवि भण्डारीको निवास पनि खरानी भयो । सत्ता र शक्तिको सबैभन्दा उचो तहमा बसेकाहरू पनि यस पटक आन्दोलनकारीको आगोबाट अछुतो रहेनन् ।
नेकपा एमालेका कुन–कुन नेताको घरमा भयो क्षति ?
– पृथ्वी सुब्बा गुरुङ्ग
– गोकुल बाँस्कोटा
– महेश बस्नेत
– विष्णुप्रसाद पौडेल
– पदम गिरी
– सुरेन्द्र पौडेल
– शंकर पोखरेल
– ईश्वर पोखरेल
– रघुवीर महासेठ
– योगेश भट्टराई
– गोर्कण विष्ट
– सूर्य थापा
– कोमल वली
नेपाली कांग्रेसका कुन–कुन नेताको घरमा भयो क्षति ?
– शेरबहादुर देउवा
– पूर्णबहादुर खड्का
– गगन थापा
– विश्वप्रकाश शर्मा
– प्रकाशमान सिंह
– दिपक खड्का
– रमेश लेखक
– विनोद चौधरी
नेकपा माओवादी केन्द्रका कुन–कुन नेताको घरमा भयो क्षति ?
– ‘प्रचण्ड’ को खुमलटार र चितवनको शिवनगरस्थित निवास
– प्रचण्डपुत्री गंगा दाहालको घर
– नारायणकाजी श्रेष्ठ
– नन्दबहादुर पुन
– कृष्णबहादुर महरा
– अग्निप्रसाद सापकोटा
– माधव सापकोटा (सुवोध)
– रामनारायण बिडारी
नेकपा (एकीकृत समाजवादी) का कुन–कुन नेताको घरमा भयो क्षति ?
– माधवकुमार नेपाल
– झलनाथ खनाल
लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरदसिंह भण्डारी, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रदीप यादवको घर पनि आन्दोलनकारीको निशानामा परेको छ । नाउपाका संरक्षक रेशम लाल चौधरीको घरमा पनि लुटपाट र आगजनी गरिएको छ । यद्दपि, अझै पूर्ण विवरण भने आउन बाँकी छ ।