News 24 Television
अपरिपक्व सुदन, कहाँ चुक्दैछन् ?

काठमाडौँ । जेन–जी आन्दोलपछि यसको आधिकारिक नेताको खोजी भयो । यही सेप्टेम्बर ८ र ९ तारिख अर्थात गत सोमबार र मंगलबार देशव्यापी रुपमा भएको जेन–जी आन्दोलनले मुलुकको राजनीतिलाई नै उथलपुथल बनाएको अवस्थामा यसको खास नेतृत्व कस्ले गरेको  छ ? र, नेता को हो ? भन्ने खोजी स्वभाविक हुँदा आदोलन शुरु भएको तेस्रो दिन यसको नेतृत्वको दावी सुदन गुरुङले गरे । र, उनी नै अहिलेसम्म जेन–जी समूहको आधिकारिक नेताका रुपमा परिचित छन् । 

यस बीचमा उनको नेतृत्वको वैद्यता र आधिकारिकतामाथि प्रश्न पनि नउठेका होइनन् । तर अन्यको दावी सशक्त नहुँदा नेपाली सेनाले पनि उनलाई नै आधार बनाएर नयाँ सरकार निर्माण गरेको छ । अन्तरिम सरकार घोषणा हुनुअघि राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली सेनाका प्रमुख तथा प्रधानमन्त्री सुशीला कार्की समेतले सुनसँगै व्यापक छलफल गरेक थिए । तर अहिले अन्तरिम सरकार घोषणा भएलगत्तैबाट आइरहेका सुदनको अभिव्यक्ति र हाउभाउले भने उनीमाथि नै थप अपरिपक्वता झल्काइरहेको छ । जसले जेन–जी आन्दोलनलाई नै तुहाउने संशय पैदा गराएको हुन थालेका छन् भने उक्त स्वभावले फेरी पुराना पार्टीहरुलाई नै पुनरागमनमा हौसला मिलिरहेको भान भइरहको छन् । 

सुदनका ४ अभिव्यक्ति यस्ता
 
पहिलो - सुदनले गत बिहीबार नै पहिलो पत्रकार सम्मेलनमा बोल्दै आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति सहानुभूति प्रकट गर्दै जेन–जीमाथि गोली चलाउने कसैलाई नछाड्ने भनेर धम्कीपूर्ण अभिव्यक्ति दिए । यो अभिव्यक्ति मृतकका परिवारलाई सहानूभूति भएपनि उनको हाउभाउ अस्वभाविक देखिन्थ्यो । उनको त्यो हाउभाउले नै पनि कतिपयमाथि उनको नेतृत्वमाथि शंका उब्जाएको थियो । 

दोस्रो - अन्तरिम सरकार अन्योल भएकै बेला सुदनको एक भिडियो बाहिरियो । जुन भिडियोमा उनले राष्ट्रपति राचन्द्र पौडेललाई सरकार गठनमा उल्झन ल्याएको आरोप लगाएका थिए । उक्त भिडियोमा पनि उनको हाउभाउ र अभिव्यक्ति अस्वभाविक देखिन्छ । 

तेस्रो - सुदन गुरुङले आइतबार गरेको पत्रकार सम्मेलनमा पनि भद्रगोल मच्चियो । रिपोटर्स क्वलमा आयोजित जेन–जी नेता गुरुङले पत्रकार सम्मेलन आयोजना गरेका थिए । तर सो कार्यक्रममा पनि उनले पत्रकारहरुसँग लफडा मच्चाए । जुन दृष्य पनि अस्वभाविक देखिन्छ । 

चौँथो - भर्खरै बनेको सरकारको विषयलाई लिएर सुदनले थप अर्को अपरिपक्वता व्यक्त गरेका छन् । जेन जी आन्दोलनका अभियन्ता सुदन गुरुङले पीडितहरुको माग तत्काल पूरा गर्न सरकारसँग माग गरे । तर शहीद परिवारको माग तत्काल सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने चेतावनी समेत उनल दिएका छन् ।

यतिमात्रै होइन, उनले सरकार बनेको केही दिनमै प्रधानमन्त्रीमाथि असन्तुष्टि जनाउँदै बालुवाटारमा आन्दोलन नै थालिसकेका छन् । सुदनको यो चरित्र जेन–जीहरुका लागि स्वाभाविक देखिँदैन । सरकारको सवालमा सुदनसहितका जेन–जी नेतृत्वले अब सम्यम्ता र विवेकपूर्ण कदम चाल्नुपर्ने अवस्था छ । जेन–जी आन्दोलनको जगमै रहेर संसद विघटन र नयाँ म्याण्डेटको आधार तय भइसकेको अवस्था छ । 

यही आन्दोलनको आडमा अब मुलुकमा नयाँ राजनीतिक कोर्ष र युवाको भावना समेटिनेगरी नयाँ व्यवस्थाको आरम्भ गर्नुपर्ने समय आइसकेको छ । तर आज जेन–जी आन्दोलनकै तवरबाट उदाएमा मुख्य नेतृत्वले नै अपरिपक्वता र अस्थिरता देखाए मुलुक सही दिशमा जान मुस्किल हुनेछ । जेन–जी नेतृत्वले अहिले नै वर्तमान सरकार र प्रधानमन्त्री सुशीला कार्कीमाथि शंका उपशंका जनाए पुराना नेतृत्व र दलहरुलाई नै विस्थापित गर्न चालिएको आन्दोलन निरर्थक बन्ने पक्का छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update