News 24 Television
ईश्वर पोखरेल रन्किदा संस्थापन आक्रोशित, एमालेमा ओलीको भविष्यको लेखाजोखा !

काठमाडौं । जेनजी आन्दोलनपछि एमालेमा बहस चलिरहेको छ, नेतृत्व पनि जेनजी आन्दोलनलाई समावेश गर्ने गरि तयार पार्न आवश्यक छ । तर, एमालेमा केपी ओलीको विकल्प नभएको विषय पनि उत्तिकै पेचिलो बन्दै गइरहेको छ । तर, ओलीले नेतृत्व छाड्नुपर्ने आवाज पनि विस्तारै झांगिन थालेको बेला ओली के गर्लान ?

संविधान दिवसको अवसरमा ओलीले सार्वजनिक सम्बोधन गर्ने अपेक्षा गरिएको बेला सामाजिक सञ्जालबाटै अभिव्यक्ति दिएका ओलीको पार्टी सत्ता लामो समयसम्म कायम रहला ? 

शुक्रबार एमाले मुख्यालय च्यासलमा संविधानको रक्षासंगै एमाले पुर्नगठनको बहस चल्यो । मञ्चमा बसेका मात्रै नभएर दर्शकदिर्घामा रहेकाहरुले पनि एमाले पुनर्गठन नभई निर्वाचनमा जान नसकिने भन्न थालेका छन् । 

एमालेमा दोस्रो तहमा भन्दा पनि तेस्रो तहले नै पार्टीको नेतृत्व गर्नु पर्ने आवज समेत जोडतोडले उठिरहेको छ । एमालेमा तेस्रो तहमा रहेका नेताहरु पनि पार्टी पुर्नगठन आजको अवश्यकता भई सकेको बताउँछन् । 

विधान महाधिवेशन पछि २२ गतेसम्मको पार्टी पुर्नगठनको कुराले प्रवेश नपाएपनि २३ गतेपछि मुलुकै पस्थितिमा समेत परिवर्तन आएकाले एमाले जसरी पनि पुनर्गठन हुने एमाले सचिव योगेश भट्टराईको भनाइ छ । 

पार्टी पुर्नगठनको आवाज जोड्ले उठिरहेकै बेला ओलीको विकल्प नभएको र जेनजी आन्दोलनले उठाएका प्रश्नको जवाफ एमालेसंग भएको दाबी नगरिएको भने देखिन्न । 

अहिले खरानी उठाउनु पर्ने बेला पार्टीमा पुर्नगठनको आवज उठाउनु गलत भएको भन्दै अध्यक्ष ओलीको बचाउ गरिरहेका छन् । 

ओलीपक्षका नेताहरुले नेतृत्व परिवर्तनको र पार्टी पुर्नगठनको बिषय अहिले नै बसहमा ल्याउने समय नभएको बताए पनि नेता तथा कार्यकर्ताहरुले पार्टी पुर्नगठनलाई नै अहिले केन्द्रमा राखेको स्पष्ट देखिन्छ । उनीहरुले पार्टी पुर्नगठन नभई जनतामाझमा जाने अवस्था नै नभएको बताएका छन् । 

मुलुकले परिवर्तन मागेको बेला एमाले पनि परिवर्तन हुनुको कुनै बिकल्प नभएको उनीहरुको भनाइ छ । 

संविधान दिवसका अवसरमा खरानी बनेको एमाले मुख्यालयमा ओलीको सन्देश भन्दै आन्दोलनको निष्पक्ष छाबिन हुनुपर्ने वक्तव्य उपमहासचिव प्रदीप ज्ञवालीले पढेर सुनाएका थिए । 

त्यसैगरी एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पार्टीले गल्ति कमजोरीका बारेमा समिक्षा गर्ने बताउँदै आएका निष्कर्षलाई जनतामाझ ल्याएर पार्टी पुनर्गठन गरी अगाडी बढ्ने बताएका थिए । 

गत भदौं २० गते देखि २२ गतेसम्म चलेको एमाले विधान महाधिवेशनमा अध्यक्ष ओलीलाई नै आगामी नेतृत्वका रुपमा एमालेले अगाडि बढाएको थियो । 

तर २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात भने एमालेमा अहिले पार्टी पुर्नगठनको आवाज चर्काे बन्दै गएको छ । एमाले भित्र अहिले दोस्रा ेतहका तेस्रो तहका नेतालाई पार्टीको नेतृत्वमा अगाडि सार्ने भन्ने बिषयमा चर्काे बसह चलिरहेको छ ।

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update