
काठमाडौं । नेकपा एमाले भित्र पार्टी पुर्नगठनको मुद्धा जोडतोडले उठिरहेको छ । केन्द्रीयस्तरकादेखि प्रदेश र जिल्ला तहमा समेत रहेका युवा पुस्ताले पार्टी पुनर्गठनको मुद्धालाई अगाडि बढाई रहेका छन् । तर केही नेताहरु भने अझै पनि केपी ओलीको बिकल्प एमालेमा नभएको सन्देश दिन खोजेका छन् ।
जेनजी आन्दोलनले परिवर्तन खोजेको छ भन्ने कुराको स्व्ीकार अझै पनि केही गर्न सकिरहेका छैनन् । ग्रासरुट तहका कार्यकर्ताले कस्तो खालको परिवर्तन खोजेका छन् भन्ने समेत बुझ्न खोजेको देखिदैन । अझै पनि पार्टी पुर्नगठन हुन नसके एमालेले आगामी निर्वाचनमा ठुलो मुल्य चुकाउनु पर्ने देखिन्छ ।
तेस्रो तहका नेतादेखि एमालेको तल्लो कमिटिमा समेत अहिले पार्टी पुर्नगठनकै चर्चा छ । आत्म समीक्षा गरेर पार्टी पुर्नगठन गरी निर्वाचनमा जानु पर्ने उनीहरुको स्पष्ट धरणा देखिन्छ । तर ओलीको बिकल्प नभएको भन्दै पार्टी पुर्नगठनको कुरा गर्ने समय नभएको पनि एकाथरी नेताहरुको दाबी देखिन्छ । पार्टी भित्र पुर्नगठनको मुद्धा चर्काे स्वरमा उठेको छ । जेनजी आन्दोलनले पनि नेतृत्व परिर्वतन गर्नु पर्ने सन्देश दिइसकेको छ । यस्तो बेलामा एमालेले पनि आफुलाई परिवर्तन गर्नुपर्ने एमाले भित्रका तेस्रो तहका नेताहरु बताउँछन् ।
गत भदौं २० गतेदेखि २२ गतेसम्म ललितपुरमा सम्पन्न भएको एमालेको विधान महाधिवेशनले केपी ओली नै आगामी महाधिवेशनबाट नेतृत्व रहने निर्णय गरेको थियो । त्यसैको भोलिपल्ट भदौ २३ मा जेनजी प्रदर्शन भएको थियो ।
२३ र २४ गतेको प्रदर्शनले राज्यसत्तालाई तहसनहस बनाइदियो । प्रधानमन्त्री, मन्त्री तथा शीर्ष नेताहरु नेपाली सेनाले उद्धार गरेर ब्यारेकमा राखेर सुरक्षा दिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्तिले प्रदर्शनकारीबाट कुटाइ नै खाए । अहिले सम्म पनि उनीहरु उपचारकै क्रममा छन् । दुई दिनको आन्दोलनले ओली सरकार नै विस्थापित भई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भयो ।
जेनजी आन्दोलनको सन्देश
जेनजी आन्दोलनले एमाले मात्रै नभई ठुला तीन दलले नै नेतृत्व परिवर्तन गर्नुपर्ने सन्देश दिएको छ । यहिकारण एमाले बाहेक अन्य दलहरुमा समेत नेतृत्व परिवर्तनको कुरा चर्काे स्वरमा नै उठेको छ ।
माओवादीमा जनार्दन शर्माले त्यसको नेतृत्व गरीरहदाँ कांग्रेसमा गगन थापाले यसको बहस चर्काे बनाएका छन् । तर माओवादीमा प्रचण्डले अहिले नै नेतृत्व परिर्वतन नहुने शन्देश दिएका छन् भने कांग्रेसमा पनि गगन–विश्वप्रकाशले नेतृत्व परिवर्तनको आवाज उठाएका छन् । तर उनीहरुको प्रस्तालाई चासो दिइएको छैन । एमालेमा पनि विधान महाधिवेशनले नै नेतृत्वको बिषयमा सन्देश दिई सकेको भन्दै फेरि एक हप्ता नबित्दै पुर्नगठनको कुरा गर्नु उचित नहुने नेताहरुको भनाइ छ ।
पार्टी पुर्नगठनको माग राख्नेहरुको आवाज एमाले भित्र दबाउन खोजेको देखिन्छ । तर जेनजी आन्दोलनको कारण एमालेमा विगतमा जस्तो नेतृत्व परिवर्तनको आवाज उठाउनेहरुको आवजलाई दबाउन त्यति सहज देखिदैन । किनकी अहिले पार्टी पुर्नगठन गर्नुपर्ने आवाज तल्लो तहको कमिटिबाटै उठेको देखिन्छ ।
जेनजीबाट एमालेले के सिक्ने ?
जेनजी पुस्ता सामाजिक सञ्जालमा अत्याधिक सक्रिय छ र यसले छिटो र व्यापक रूपमा विचारहरू फैलाई रहेको देखिन्छ । जेनजी आन्दोलनले केपी ओलीको अहमता र एमाले नीति विरुद्ध बलियो जनमत सिर्जना गरी सकेको छ, यसले पार्टीभित्र र बाहिर दबाब बढाइ रहेको आजको यथार्थ हो ।
जेनजी पुस्ताले प्रायः पुरानो शैलीको राजनीति र परम्परागत नेताहरू भन्दा नयाँ विचार र युवा नेतृत्वलाई प्राथमिकता दिएको देखिन्छ ।
यसबाट एमालेले पाठ सिक्न सक्नु पर्छ । एमालेले गम्भिर हुँदै अध्यक्ष ओलीलाई सम्मानित स्थानमा राख्दै नेतृत्व परिर्वतन सहित पार्टी पुनर्गठनको मुद्धा अगाडी बढाउन सक्दा आगामी निर्वाचनमा हुने क्षती समेत कम हुने आंकलन पार्टीभित्रैबाट भएको छ । तर जेनजी आन्दोलनले उठाएका र जनमानसमा अत्यधिक लोकप्रिय देखिएका सुशासन, भ्रष्टाचार, नेतृत्व परीवर्तन, रोजगारी, शिक्षा लगायतका बिषय भन्दा ठिक विपरीत चलेमा यसले एमालेलाई नै भविश्यमा संकट निम्त्याउन सक्ने देखिन्छ ।