
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा विवादको घेरामा छ । विवादको कारण बनेका छन्, सभापति रवि लामिछाने प्रकरण र पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठको विद्रोह प्रकरण । यी दुई प्रकरणले रास्वपा घेराबन्दीमा परेको हो ।
यस्तो अवस्थामा पार्टी माथि तमाम प्रश्न उठ्न थालेका छन् । मंगलबार यि सबै प्रश्नको जवाफ दिने भन्दै रास्वपा केन्द्रीय समिति बैठक बस्यो । विहानैदेखि केन्द्रीय कार्यालय चमतीमा बसेको बैठकमा व्यापक छलफल भएको नेताहरुले ब्रिफिङ गरे । तर, ठोस कुरा खास बाहिर ल्याइएन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), छोटो समयमा हर्लक्कै बढे पार्टी । तर, हुर्काई पुरा नहुँदै हाँगाविगा भाँचीएको वृक्ष झै बन्ने लयमा देखिन्छ अहिले रास्वपा । २०७९ असार सातमा स्थापना भएर एकाएक नेपाली राजनीतिको वैकल्पिक शक्ति बनेको रास्वपा यतिबेला संकटको डिलमा छ भन्ने कुराको प्रष्टीकरण उनीहरु भित्रको द्धन्द्धले छरपष्ट पारिरहेको छ । पार्टी खराब लयमा पुग्नुको मुख्य कारण बनेको छ, यसै पार्टीका जन्मदाता अर्थात सभापति रवि लामिछाने ।
सभापति रवि लामिछाने पुर्वपक्षका लागि कारागार चलान र पार्टी भित्रका विश्वास पात्रको विद्रोहले आम रुपमा रास्वपा विग्रहको बाटोमा पुगेको चर्चा भइरहेका छ । गत हप्ता सुमना श्रेष्ठले पार्टी नेतृत्व र भुमिका बारे प्रश्नचिन्ह खडा गरेपछि विवाद छताछुल्ल भएको हो । यसैमा अर्की नेतृ तोषिमा कार्कीको पार्टी पुर्नगठन र महाधिवेसनको मागले घण्टीघर भित्रको कलह छर्लङग देखिन्छ ।
विशेषगरी भदौँ २४ को जेनजी आन्दोलनमा फिल्मी शैलीमा सभापति रवि नख्खु कारगारबाट बाहिरिनु सिंगो पार्टीका लागि नै हानिकारक बन्यो । तथापी उनी पुनः कारागार फकिएपनि प्रश्नको बर्ष भइरहेको हो ।
यस अवस्थाको समीक्षाका लागि रास्वपाले मंगलबार पार्टी केन्द्रीय कार्यालय चमतीमा केन्द्रीय समितिको बैठक आयोजना ग¥यो । बैठकमा सात प्रदेश मध्ये पाँच प्रदेशका सभापतिले पार्टीको तल्लो तहको विचार विमर्शबारे व्रिफिङ गरेको बताइएको छ । पार्टी बैठकका विषयमा बोल्दै प्रवक्ता मनिष झाले रविको रक्षा गरे भने सुमनाको विद्रोहबारे दुखेसो पोखे ।
यता, राजनीतिक वृत्तमा रास्वपा प्रदेश सभापतिलाई तल्लो तहका नेता कार्यकर्ताले रवि लामिछानेको विकल्प खोज्न सुझाव दिएको चर्चा समेत भइरहेको छ ।
बैठकमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभापतिले जोडदार रुपमा सभापतिको उत्तराधिकारी खोज्न प्रताव गरेको समेत बताइन्छ । तरफेरि, बाहिर आएर विफ्रिङ गर्दा प्रदेश सभापतिहरुले कुरा अन्तै मोडेर प्रस्तुत भएको देखिन्छ । उनीहरुले हल्लाको पछि नलाग्न कार्यकर्तापंक्तिलाई सुझाव दिएको भनि सन्देश प्रवाह गर्न खोजिरहेका छन् ।
रास्वपा केन्द्रीय समिति बैठक आत्मसमीक्षा सहितको बाटोमा अघि बढ्ने आकलन गरिएको थियो । तर, नेताहरुको प्रतिक्रिया र विश्लेषणले रास्वपा यथास्थितिकै बाटोमा अघि बढ्ने देखिएको छ ।
२०७९ मंसिर ४ को चुनाव र त्यसपछि तनहुँ–१ को उपचुनावमा ठुला दलको राजनीतिक किल्ला भत्काउँदै संसदमा २१ सिट जोड्न सफल रास्वपा आगामी चुनावमा बहुमत सहितको सत्तारोहणको तयारी गरिरहेको छ । यस्तो अवस्थामा रास्वपाले पार्टी भित्रको विवाद, ठुला राजनीतिक दलको हस्तक्षेप र सभापति रवि प्रकरणलाई कसरी समाधान गर्छ, त्यसले नै रास्वपाको भावी भविष्य निर्धारण गर्नेछ ।