News 24 Television
कांग्रेस मधेश सरकारबाट बाहिरियो, मख्यमन्त्रीलाई एमालेको ढाडस !

धनुषा । नेपाली कांग्रेस मधेश सरकारबाट बाहिरिएको छ । जनकपुरमा बुधवार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शतिसकुमार सिंहको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।  

नेपाली कांग्रेस मधेश सरकारबाट बाहिरिएको छ । जनकपुरधाममा बुधबार कांग्रेसको मधेश प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकबाट प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै कांग्रेसबाट बनेका मन्त्रीहरु फिर्ता भएका छन् । 

कांग्रेस संसदीय दलका नेतासमेत रहेका कांग्रेसका मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवका अनुसार सरकारबाट समर्थन फिर्ता लिइ आफ्ना मन्त्रीहरुलाई पनि फिर्ता बोलाउने निर्णय भएको हो ।

यसअघि जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सहितको पत्र मधेश प्रदेश प्रमुखको कार्यालय र मधेश प्रदेशसभा सचिवालयमा जानकारी गराइसकेको छ ।

तर मुख्यमन्त्री सतीशकुमार सिंहले राजीनामा दिन अस्वीकार गर्दै आएका छन् । उनी विश्वासको मत लिने तयारी अवस्थामा रहेको बेला कांग्रेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट पनि बाहिरिएको छ । जनमत पार्टीले आफ्नो मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई फिर्ता बोलाइसकेपछि आफूहरुले पनि वर्तमान सरकारलाई दिएको समर्थनसहित मन्त्रीहरुलाई पनि फिर्ता बोलाएको नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति श्रेष्ठ बताउछन् ।

कांग्रेसबाट मधेश प्रदेश सरकारमा अर्थमन्त्री सुनिलकुमार यादव, ऊर्जा तथा सिचाइँ मन्त्री शेष नारायण यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय रहेका थिए ।  

कांग्रेसको बहिरगमनसँगै मुख्यमन्त्री सिंहले आवश्यक संख्यामा विश्वासको मत पु¥याउन सक्ने अवस्था छैन । त्यसपछि पुनः नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने सम्भावना रहेको देखिन्छ ।

मुख्यमन्त्री सिंहलाई नेकपा एमालको साथ 

मधेश प्रदेश सरकारबाट कांग्रेस बाहिरिएपछि अहिले एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मात्रै सरकारमा छन् । कांग्रेस, जनमत, जनता सामाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति प्रतिपक्षमा छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update