आफ्नो पुरानो अभिब्यक्ति हर्कलाई भयो भारी
बुधबार, साउन ६, २०८३
मधेशमा बजेटमा किचलो, विपक्षी एकजुट, फकाउँदै सरकार
बिहीबार, असार २५, २०८३
मधेश प्रदेश सरकारले प्रस्तुत गरेको बजेटविरुद्ध विपक्षी दलहरू एकजुट भएर सदन अवरुद्ध गरेपछि बजेट अझै पारित हुन सकेको छैन । विपक्षीले नीति तथा कार्यक्रमविपरीत बजेट ल्याएको आरोप लगाउँदै आफ्ना दुई बुँदे माग पूरा नभएसम्म बजेट पारित हुन नदिने अडान लिएका छन् ।
मधेसका मुख्यमन्त्रीले लिन पाएनन् विश्वासको मत, जनमतको आक्रोशदेखि अरु के भयो ?
शनिबार, जेठ २, २०८३
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत लिने भन्दै डाकिएको बैठक विषय प्रवेश नै गर्न सकेन्। नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुले फ्लोर क्रस गर्न सक्ने सम्भावना देखिएपछि पछि हटेका मुख्यमन्त्रीको आलोचना तीब्र बन्न पुगेको छ ।
खरबुजाले हटायो गरिबी, माग भारतीय सहरसम्म
आइतबार, वैशाख २०, २०८३
नीजि जग्गा नभएका धनुषा–सिरहाका विपन्न किसान कमला नदीको बगरमा लामो समयदेखि खरबुजाको खेती गर्दै आयआर्जन गरिरहेका छन् । उत्पादन गरेको खरबुजा बिक्री गर्न किसानलाई बजारको अभाव पनि छैन । त्यसैले उनीहरुले खरबुजा बेचेर तीन महिनामै लगानीको दोब्बर आम्दानी गर्ने गरेका छन् ।
मधेस सरकारको १०० दिन, मुख्यमन्त्री यादवको कार्यशैलीको आलोचना
बुधबार, चैत ४, २०८२
नेपालको संविधान २०७२ को धारा १६७ र १७० ले प्रदेशको कार्यकारी अधिकार मुख्यमन्त्रीमा निहित गरेको छ । मन्त्रिपरिषद् गठन, मन्त्रालयको कार्यविभाजन र प्रदेशको समग्र विकासको बागडोर मुख्यमन्त्रीकै हातमा हुन्छ । तर, मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो कार्यकालको १०० दिन पूरा गर्दा, उपलब्धि भन्दा बढी चर्चा आफ््नो कार्यशैली सफलताको दाबी...
ठूला दलका हेभीवेटदेखि नयाँ शक्तिसम्म, कसको पल्ला भारी ?
बिहीबार, माघ ८, २०८२
देशव्यापी रुपमा विभिन्न दलबाट प्रतिनिधिसभा सदस्यका आकांक्षी उम्मेदवारले उम्मेदवारी दिएका छन् । नेकपा, रास्वपा, नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय मुक्ति पार्टीलगायत दर्जनभन्दा बढी दलबाट आकांक्षीहरुले उम्मेदवारी दिएका छन् । जेन– जी आन्दोलनपछि नयाँ दलबाहेक पुराना दलहरुबाट अधिकांस पुरानै अनुहारहरु दोहोरिएका छन् ।
आफ्नै लहडले एमाले कमजोर, मधेशमा ३ पद ‘चैट’
बिहीबार, मंसिर १८, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार सदनमा राजीनामा दिएका छन् । कार्तिक २३ गते राति ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।
जनकपुरधाममा विवाह पञ्चमीको महोत्सव
बुधबार, मंसिर १०, २०८२
साताव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत रंगभूमि मैदान बाह्रबिघामा मंगलबार स्वयम्बर सम्पन्न भएको छ । सीतारामको स्वयम्बर हेर्नका लागि श्रद्धालुहरुको जनसागर नै ओर्लिएको छ । विवाहको मुख्य दिन भएकोले नेपालसहित भारतको विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरू जनकपुरधाम पुगेका छन् ।
जेनजी आन्दोलनपछि पनि उस्तै, मतियार बन्दै मधेस
बिहीबार, कात्तिक २७, २०८२
जितेन्द्र सोनलले मुख्यमन्त्रीमा विश्वासको मत लिनु अगावै राजीनामा दिनु परेपछि मधेस प्रदेशको सत्ता राजनीतिक विथोलिएको छ । सोनलको राजीनामापछि ठूलो दलको हैसियतमा भन्दै एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएपछि एमाले बाहेकका दलहरु आन्दोलनमा छन् ।
आस्थाको महापर्व छठ, नहाय खाय गर्दै शुरु
शनिबार, कात्तिक ८, २०८२
मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको विधिवत् सुरुवात भइसकेको छ । तिहार सकिएलगत्तै धुमधामका साथ मनाइने छठका लागि यतिबेला तराई–मधेसमा व्यापक तयारी भइरहेको छ । पूजाका सामग्री किनमेलमा सर्वसाधारणहरु व्यस्त छन् भने विभिन्न ताल–तलैयाहरुलाई दुलही झैँ सजाइँदैछ ।
कांग्रेस मधेश सरकारबाट बाहिरियो, मख्यमन्त्रीलाई एमालेको ढाडस !
बिहीबार, असोज ९, २०८२
नेपाली कांग्रेस मधेश सरकारबाट बाहिरिएको छ । जनकपुरमा बुधवार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शतिसकुमार सिंहको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सहकारीमा डुबेको करोडौं रकम उठ्ने, वचतकर्ता खुशी
शुक्रबार, साउन २३, २०८२
हुलाक वचत बैंकबाट अपचलन भएको रकम वचतकर्ताले फिर्ता पाउने भएका छन् । त्यहाँका कर्मचारी सुनिल दासले सयौँ वचतकर्ताको रकम अपचलन गरेका थिए । अब भने ७४६ जना वचतकर्ताले वचत रकम फिर्ता पाउने भएका छन् ।
विपक्षीको आवाजले मधेशमा लफडा ! मन्त्रीको नामले सहमति भताभुङ्ग !
शनिबार, असार २८, २०८२
मधेश प्रदेशको बजेट पारित नहुँदै किचलो झनै बढ्दै गएको छ । मधेश प्रदेश सरकारको आगामी बजेटमाथि अझै छलफल शुरु हुन सकेको छैन ।
