News 24 Television
अदालतको प्रमाण मेटाउन खोज्नेलाई ठीक पार्न सहकारी पीडितको खबरदारी

कास्की । सहकारीमा ठगी र अनियमितताका कारण बचतकर्ताले पूँजी फिर्ता नपाएको भन्दै सहकारी पीडितहरुले पोखरामा आन्दोलन स्वरूप ¥याली र कोणसभा गरेका छन् । 

उनीहरूले ’सहकारी पीडितलाई न्याय दे’, ’सहकारीको बचत फिर्ता गर’, ’कारागारबाट फरार सहकारीका सञ्चालकलाई तुरुन्त पक्राउ गर’ जस्ता नारासहित सडक प्रदर्शन गरे । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा स्वार्थ समूहले सहकारी पीडितको सबूत अदालतबाट छानी–छानी ध्वस्त पारेको संयुक्त सहकारी पीडित संघर्ष समितिको आरोप छ । 

सहकारीमा ठगी र अनियमितताका कारण बचतकर्ताले पूँजी फिर्ता नपाएको भन्दै सहकारी पीडितहरुले पोखरामा आन्दोलन स्वरूप ¥याली तथा कोणसभा गरेका छन् । कास्कीका ७ वटा सहकारीका पीडितहरुले संयुक्तरुपमा पोखराको पृथ्वी चोकबाट ¥याली सुरु गरेर जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा गरेका हुन् ।

¥यालीमा सूर्यदर्शन सहकारी, इमेज सहकारी, बलिदानी सहकारी, प्राइम सहकारी, विन्दवासिनी सहकारी, मित्र मिलन सहकारी र शिवशिखर सहकारीका बचत पीडितहरु सहभागी थिए । उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ’सहकारीको बचत फिर्ता गर’, ’कारागारबाट फरार सहकारीका सञ्चालकलाई तुरुन्त पक्राउ गर’ जस्ता नारासहित प्रदर्शन गरे । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा स्वार्थ समूहले सहकारी पीडितको सबूत छानी–छानी ध्वस्त पारिएको आरोप संयुक्त सहकारी पीडित संघर्ष समितिको छ । 

सहकारी पीडितको सबूत अदालतबाट छानीछानी ध्वस्त पार्न खोजिए पनि कास्कीको सबूत अझै बाँकी रहेको र न्यायका लागि निरन्तर सडक संघर्ष जारी रहने सूर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठको भनाइ छ । 

पीडितहरुले सहकारीको भुक्तानी पुनः सुनिश्चित गर्न, प्रतिवादीको सम्पत्ति लिलामी गरेर बचतकर्ताको रकम फिर्ता गराउन तथा वर्तमान सरकारले तत्काल पहल लिनुपर्ने माग गरेका छन् । सरकारले पनि महत्वका साथ सहकारी काण्डलाई हेरिदिन र पीडितलाई न्याय दिन माग गरेको छ । 

जेन्जी आन्दोलनको क्रममा विभिन्न घुसपेठ समूहबाट अदालत माथि भएको तोडफोड र आगजनीबाट सबै सबूत मेटाउने योजनाले आफूहरू पछि नहट्ने पीडितहरूको भनाइ छ ।  । न्याय नपाए आन्दोलन अझ कडा बनाइने उनीहरूको अडान छ । 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update