News 24 Television
मोटरसाइकलकै लागि प्रहरी विशेष अप्रेसनमा उत्रियो, धमाधम कारबाही

कास्की । कास्कीमा मोटरसाइकलकै लागि पनि प्रहरीले विशेष अपरेसन जारी राख्नु परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, समाजमा आतङ्क सिर्जना गर्ने र शान्ति सुरक्षामा अवरोध पु¥याउने गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यका साथ ‘अपरेसन ३६५’ जारी राख्नुपरेको हो ।

कास्कीमा मोटरसाइकलले आतंकित बनाउन थाले पछि प्रहरीले विशेष अप्रेसनसहित एक्सनमा उत्रिनु परेको छ । मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, समाजमा आतङ्क सिर्जना गर्ने तथा शान्ति सुरक्षामा अवरोध पु¥याउने गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय कास्कीले ‘अपरेसन ३६५’ अभियान जारी राखेको हो । 

पछिल्लो समय कास्कीमा मोटरसाईकलको विभिन्न पार्टपुर्जाहरु फेरी स्वरुप परिवर्तन गर्ने, साईलेन्सर परिवर्तन गरी पड्काउने, रातको समयमा चर्को ध्वनी प्रदुषण गर्ने, डिउटीमा बसेको प्रहरीसंग बादविवाद तथा झै–झगडा गर्ने, समाजमा शान्ति सु–व्यवस्था खलल पार्दै आतंक सृजना गर्ने जस्ता गतिविधिले समाज त्रासमय भएको भन्ने जनगुनासो बढेपछि ’अपरेसन ३६५’ जारी राखि कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

असोज २७ गतेदेखि सञ्चालनमा ल्याइएको अभियान अन्तर्गत कास्की प्रहरीले हालसम्म १ सय ५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ भने, प्रहरीसंग बादविवाद तथा समाज आतंकित पार्ने २८ जना मानिसलाई नियन्त्रणमा राखि अनुसन्धान गरिएको र १६ जनालाई सम्झाई बुझाई परिवारको जिम्मा लगाइसकेको  छ । प्रहरीका अनुसार, यस कदमबाट समाजमा सवारी साधन सञ्चालनमा अनुशासन कायम गर्न, दुर्घटना नियन्त्रणमा मद्दत पु¥याउन र सार्वजनिक शान्ति सुरक्षा सुदृढ गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । पछिल्लो समय बढ्दै गएको यस्ता गलत गतिविधिले समाजमा त्रास पैदा भएको हुँदा कास्की प्रहरीको यो कदम निकै प्रसंसनीय भएको स्थानीयको भनाइ छ ।

जेन्जी आन्दोलन पछि उत्पन्न भएको नागरिक सुरक्षाको चुनौती र चाडबाडमा हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था बढाइएको कास्की प्रहरीले जनाएको छ । जेन्जी आन्दोलन लगत्तै महान चाड दशैँमा समेत सुरक्षित वातावरण निर्माण गरिएको र आउँदै गरेको तिहारलाई लक्षित गरी शान्तिपूर्ण वातावरण निर्माण हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नबिन कार्कीको दाबी छ ।

‘अपरेसन ३६५’ अन्र्तगत कास्की प्रहरीले समाजमा शान्ति, सुरक्षा र सवारी अनुशासन कायम गर्ने प्रयास थालेको देखिन्छ । प्रहरीको यो पहलले सार्वजनिक स्थानमा हुने हुलदंगा, ध्वनी प्रदूषण र आतङ्क फैलाउने गतिविधिमा रोक लाग्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update