News 24 Television
गरिमाविकास बैंकको ‘ठगी धन्दा’ ! प्रहरीकै अघि आत्मदाहगर्दै पीडित !

सर्लाही । सर्लाहीको मलंगवा स्थित गरिमाविकास बैंकबाट ठगीमा परेको भन्दै सर्लाहीकानथुनीमुखियाबिनले आत्मदाहगर्नेप्रयास गरेका छन् ।सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ६ कामद बस्ने नथुनीमुखियाबिनले बुधबार प्रहरी कै अगाडी आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि उनको उद्दार गरिएको छ । 

सर्लाहीमाबुधबार घटेको घटना हो, यो । गरिमाविकास बैंकले ठगी धन्दा चलाएपछि मर्नुपर्ने अवस्थाआएको भन्दै एक पीडितले प्रहरीकै अघि आफैलाई जलाएर मार्ने प्रयास गरे । 

उनीहुन्, सर्लाहीचन्द्रनगर गाउँपालिका वडा नं ६ कामदकानथुनीमुखिया बिन । बैंकले आफुमाथि करोडौंको ठगी गरेको भन्दै छलफलका लागिप्रहरी समक्षपुगेकानथुनीले प्रहरी कै अगाडी आफुमाथिआगो लगाएर आत्महत्याको प्रयास गर्नुपर्ने अवस्थाआयो ।सर्लाहीको मलंगवा स्थित गरिमाबिकास बैंकबाट ठगीमा परेपछि पीडित बनेर बस्नु परेको र बाँच्नै मुस्किल परेको भन्दै प्रहरी समक्षपुगेकाथिए, पीडित नथुनी । 

बैंकले आफुमाथि ठगी गरेको बताइरहेकाउनले बैंकको अधिकारीसँगछलफल गर्न जिल्लाप्रहरी कार्यालय सर्लाहीपुगेका समय प्रहरी परिसर मै आफुमाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास गरे । ५ करोड ऋण दिन्छु भन्दै आफुलाई  डेढ करोडको बैंक लिलाम सकार गराएको पीडित बिनको दाबी छ ।आजभोलीगर्दा गर्दै विगत साढे दुई वर्ष देखि न त रिन नै दियो, न त लिलाम सकार गरेको जग्गा नै भोगगर्न पाए । 

राष्ट्र बैंक समेतमाउजुरी गर्दा कुनै सुनुवाई नभएको उनको गुनासो छ । बैंककाकारण आफ्नो व्यवसाय समेत चौपट भएपछि आफुलाई मर्ने बाहेक केहिविकल्पनभएकाले आत्मदाहको सोच आएकाले यो कदमचालेको उनी बताउँछन् ।

नथुनीमात्रै होइन, गरिमाविकास बैंैंकबाट ठगीमा परेको भन्दै न्यायखोजीरहेका पीडित अरु पनि छन् । विगत ४ वर्ष देखि न्यायको लागिआफुहरु संघर्षरत रहेको बैंकबाट ठगीमा परेको बताउँछन्, फेकन राय ।आफुसहितदर्जनौ पीडितले राज्यको धेरै निकायमाउजुरी गरेपनिहालसम्मआफुहरुले न्यायनपाएको  र अहिलेसम्मबैंकको पैसाखाएर बैंकलाई नै बचाउने प्रयास भईरहेको पीडीतहरुको गुनासो छ ।३० लाख रुपैयाँ ऋण रकम स्वीकृत भएपनिआफुले १लाख ५० हजार मात्रपाएको र बाँकीको रकमबैंककापुर्व प्रबन्धकले खाईदिएको उनको आरोपछ ।

ऋण रकमबुझाईसके पनिआफुहरुको जग्गाफुकुवानगरेको अर्का पिडितले सुनाए । पटक पटक पैसाबुझाएपनिबैंककापुर्व म्यानेजर रामएकवाल साहले बैंकको स्टेटमेन्टमा नचढाएको उनको भनाइ छ । आफुहरुले न्यायनपाएबैंकबाट पिडित सम्पुणले एकमुष्ट आत्मदाहगर्ने चेतावनीदिएका छन्  ।

सहारा बिकास बैंकको नामले खोलिएका पछि मर्ज भएर गरिमाबिकाससंग गाभिएको बैंकले सर्लाहीकानथुनिमुखिया,राकेश कुमार कापड,कुन्ता राउत,सिताविश्वकर्मा,राकेश भुजेल,फेकन राययादवलगायतकरिब २ दर्जन भन्दा बढि व्यक्तिलाई ठगेको पिडितहरुको आरोप छ । 

यस सम्बन्धीबुझनखोज्दाजिल्लाप्रहरी कार्यालय सर्लाहीकाप्रहरी उपरिक्षक योगेन्द्र खडका सम्पर्कमाआउनै चाहेनन् । यो घटना भएपश्चात बैंकको कार्यालय समय सकिएकाले बन्दभइसकेको अवस्थाथियो । 

त्यसैले बैंककाअधिकारीहरुलाई समेत सम्पर्कमाल्याउने परिस्थितिबनेको छैन । यद्दपि, यस घटनाले यस क्षेत्रकाजनप्रतिनिधिलाई समेत दबाबमापारेकाले विहीबार घटनाक्रम थपविकसितहुने र प्रहरीले दुबै पक्षलाई स्थानीयको र जनप्रतिनिधिको रोहवरमा छलफलमा राख्ने प्रयास गर्ने बुझिएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update