काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन मंसिर २७ गतेदेखि शुरु हुँदैछ । महाधिवेशन मिति ३ दिन मात्रै बाँकी रहँदा अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समुह अध्यक्ष ओली समुहमाथि आक्रमक बन्दै गएको छ ।
अध्यक्ष ओलीकै कारण मुलुक र एमालेमाथि संकट आएको बताउँदै उनीहरुले नेतृत्व परिर्वतन नभए एमाले थप संकटमा पुग्ने बताइ रहेका छन् ।
महाधिवेशनको मिति नजिकिदैं जाँदा एमालेमा अध्यक्ष केपी ओली माथि एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल समुहले दबाब बढाउँदै लगेको छ ।
उनीहरुले मुलुकमा देखिएको संकट ओलीकै कारण निम्तीएको बताउँदै अध्यक्षमा ओलीलाई पुनः ल्याउँदा थप संकट थपिने भन्दै ओली माथि आक्रमक बनिरहेका छन् ।
शक्तिले होइन सामुहीकता र सहकार्यबाट आवेगले होइन, विवेक, विधान र विधिबाट महाधिवेशनको नेतृत्व चयन हुनु पर्ने भन्दै दिनहुँजसो पोखरेल समुहका नेताहरुले गरेको अन्तर संवादमा गरीरहेको छ ।
मुलुकमा पछिल्लो समय अध्यक्ष केपी ओलीकै कारण लोकतन्त्र र गणतन्त्र नै संकटमा परेका बेला पुनः एमाले नेतृत्वमा ओली नै आउँदा त्यसले एमाले माथि अझै संकट आउने एमाले नेता अरबिन्द कुमार सिंहको भनाइ छ ।
विगतमा एमालेको संगठन जोगाउन लागेका, एमाले भएकै कारण उनीहरु माथि आक्रमण गर्न तम्सिनेहरु अहिले एमाले भित्र अटाएका छन् । तर एमालेको जग बसाउने बेलादेखि सक्रिय भएकी विद्यादेवी भण्डारी पार्टीमा नअटाउने निति ओलीले ल्याएको भन्दै उनीहरुले ओली माथि दबाब बढाइ रहेका छन् ।
उनीहरुले ११ औं महाधिवेशनबाट एमाले व्यक्तीको निर्देशनबाट चल्ले नभई सामुहीक निर्णयबाट चल्ने पार्टी बनाउने र एमाले बिग्रीदाँ नेपालको वामपन्थी आन्दोलन नै खतरामा पर्ने हुदाँ आफुहरुले जुनसुकै मुल्य चुकाएर भए पनि एमालेलाई सुधारको बाटोमा लैजाने बताएका छन् ।
नेकपा एमालेलाई नयाँ शिराहाबाट अगाडि बढाउन ढिला भए इतिहासले प्रतिनिधिहरु माथि प्रश्न गर्ने इश्वर पोखरेल पक्षीय नेताहरु बताउँछन् । नयाँ नेतृत्व, नयाँ उत्साहका साथ मात्रै अगाडी बढे जनताको बहुदलीय जनवादलाई सुल्टोबाटोमा डोहो¥याउन सकिने र मुलुकले समृद्धी हासील गर्ने अन्यथा मुलुक र पार्टी जिवन दुवै दुर्घटना हुने उनीहरुको भनाइ छ ।
केही समय अगाडी ओलीले महाधिवेशनमा कुनै छलफल नहुने आफुले निर्देशनात्मक मन्त्यव्य राखेपछि महाधिवेश सकिने बताएका थिए । ओलीको यो भनाइप्रति उनीहरुले महाधिवेशमा प्रतिनिधिहरुले आफ्ना विचारहरु व्यक्त गर्ने र फैसला लिने कुरालाई नेतृत्वले खण्डित गर्न लागे त्यो महाधिवेशन नहुने र मजागमा परिर्वतन हुने भन्दै ओली माथि दबाब बढाएका छन् ।
साथै स्वार्थका लागि विगतमा विभिन्न दलहरुसंगै राजा बोक्ने राप्रपा संग समेत गठबन्धन गरेको कुराहरुमा महाधिवेशनमा समिक्षा हुने बताएका छन् ।
एमाले महाधिवेशको पूर्व सन्ध्यामा ईश्वर पोखरेल पक्षीय नेताहरुले ओली र ओली पक्षमा नेताहरुलाई प्रश्न माथि प्रश्न गरीरहेका छन् । ओली पक्षका नेताहरु भने शुरुका दिनदेखि नै रक्षात्मक अवस्थामा छन् । यसले पोखरेल पक्षले ओली पक्षलाई महाधिवेशनमा नेतृत्व चयनसंगै बिगतका कामहरुको समेत समिक्षा हुनु पर्ने भन्दै गलाउन लागि परिरहेको देखाएको छ । तर ईश्वर समूहले ओलीमाथि दबाब सिर्जना गरे पनि अहिले सम्म भने ओलीकै पल्लाभारी देखिएको छ । जसले गर्दा ओली नगल्ने संकेत गरिरहेका छन् ।
