कैलाली । कैलाली उद्योग वाणिज्य संघले गत मंसिर २२ गतेदेखि धनगढीमा सञ्चालन गरिरहेको सुदूरपश्चिम महोत्सवमा व्यापारीहरुले स्टलमा राखेका सामानहरु चोरी भएका छन् । विक्रिका लागी स्टलमा राखेका सामानहरु रातिको समयमा स्टलबाटै चोरी भएका हुन् ।
आयोजकले व्यपारीहरुका सम्पूर्ण सामानको रातिको समयमा सुरक्षाको जिम्मा लिने बताएको थियो । तर अहिले सामान चोरी भएपनी कुनै वास्ता नगरेको भन्दै आयोजकको आलोचना भइरहेको छ ।
कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम महोत्सव २०८२ जारी छ । महोत्सवमा व्यपारीहरुले स्टलमा राखेको सामानहरु चोरी भएको व्यापारीको गुनासो छ । स्टलबाटै सामान हराएको लिखित रुपमै उजुरी उद्योग वाणिज्य संघ र प्रहरीलाई दिदा समेत कसैले बास्ता नगरेको व्यापारीहरुले दुखेसो पोखेका छन् ।
कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम महोत्सव २०८२ मा व्यपारीहरुले प्रति सटर बिस हजार आयोजकलाई तिरेर १० दिनको लागी स्टल ब्ुकिङ्ग गरेका थिए ।
सुरुमा २२ मंसिर देखि पुस २ गतेसम्म महोत्सव सञ्चालन गर्ने भनिएता पनी अहिले चार दिन थपेर पुस ६ गतेसम्म पु¥याईएको छ । यस्तै कैलाली उद्योग वाणिज्य संघले महोत्सवको नारामा सुदूरपश्चिम क्षेत्रको विकास र समृद्धि दिए पनी व्यवहारमा ठिक उल्टो भएको व्यपारीहरुको आरोप छ ।
तर आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवमा सामान चोरी नभएको र व्यवस्थापन नभएको भन्ने सबै आरोप गलत रहको दाबी गरेको छ ।
कैलाली उद्योग वाािण्ज्य संघले २०६३ सालदेखि निरन्तर रुपमा सुदूरपश्चिम महोत्सव सञ्चालन गर्दै आएको छ । तर पछिल्ला बर्षयता महोत्सवमा विभिन्न विकृतीहरु बढ्दै गएको आरोप ािगिरहेको छ ।
उद्योग वाणिज्य संघमा आउने पदाधिकारीहरुले लाखौ रकम खर्च गरेर आउने र पछि महोत्सवलाई उक्त रकम असुल गर्ने माध्यम मात्र बनाएको आरोप लाग्दै आएको छ ।
