कास्की । हाम्रो देशमा विभिन्न प्रकारका संग्राहलयहरु छन् । तर, धेरै लाई थाहा नहुनसक्छ पुतली संग्राहलयका वारेमा । एक्यापले संरक्षण गदैँ आएको पुतली संग्राहलय प्रकृतिप्रेमीको लागि अनुसन्धान केन्द्र नै बनेको छ ।
पज..यो दृष्य हो अन्नपूर्ण प्राकृतिक ऐतिहासीक संग्रहालय । कास्कीको पोखरा महागनरपालिका वडानम्बर १ मा रहेको पृथ्वी नारायण... परिसरमा एउटा यस्तो संग्राहलय छ जुन प्रकृतिप्रेमिहरुका लागि बरदान सावित भएको छ ।
पुतली संग्राहलय रुपमा परिचित यो ठाउँमा नेपालमा पाइने ६ सय ६१ प्रजातिका पुतली मध्य लगभग ६ सय प्रजातिका पुतलीहरुको एकै पटक अवलोकन गर्न पाइन्छ । दुइ हजार ४३ सालदेखि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले संरक्षण गदैँ आएको यो संग्राहलय अवलोकनका लागि नेपाली मात्र नभई विभिन्न राष्ट्रका प्रकृतिप्रेमी समेत आउने गर्छन् ।
बेलायती नागरिक कोलीन स्मिथले नेपालका अधिकांस क्षेत्रमा पुतलीको अध्ययन गरी त्यसको तथ्याङक संकलन गरेर पुतली संग्राहलय निर्माणमा सहयोग गरेका थिए । उनको योगदालाइ कदर गदैँ उनलाई मानार्थ नेपाली नागरिकता समेत प्रदान गरिएको थियो । केही वर्ष अधि उनले नेपालमै देहत्याग गरे ।
देशका प्रमुख सहरहरुमा रहेका अन्य संग्राहलयहरुमा पर्यटकको संख्या उल्लेख्य भए पनि पुतली संग्राहलयमा देश तथा विदेशबाट अनुसन्धानकर्ताहरु आउने गरेका छन् ।
यौ संग्राहलयमा पुतलीका साथ साथै विभिन्न चराचुरुङ्गी, लोपोन्मुख जंगली तथा घरपालुवा जनावर, विभिन्न चट्टान तथा हस्तकला सामाग्रीहरुको अवलोकन गर्न पाइन्छ । संग्राहलयको अवलोकनका लागि कुनै शुल्क तिर्नुपदैँन ।
मनोरञ्जनको लागि अवलोकन गर्नेहरु भन्दा अनुसन्धानमा केन्द्रीत व्यक्तीहरुको उत्कृष्ट गन्तब्य बनेको छ यो संग्राहलय । प्रकृति र मानवजाती विचको सम्बन्ध स्थापित गराउन यो संग्राहलय सफल भएको संग्राहलयका इन्चार्ज रमेश श्रेष्ठ बताउछन् ।
पछिल्ला पुस्ताहरुमा प्रकृति, जैविक विविधता, मानव र प्रकृतिबिचको सम्बन्ध वारे अनुसन्धान गर्ने तथा रुची राख्नेहरुको कमि हुदै गएको छ । त्यसका लागि विद्यालयदेखि विश्वविद्यालयमा अध्ययन गर्नेहरुका लागि पुतली संग्राहलय उत्कृष्ट गन्तब्य हो भन्नेमा कुनै दुइ मत छैन ।
