News 24 Television
गौर नगरपालिकाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

रौतहट । जिल्ला प्रशासन कार्यालय, रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु लगाएको छ। ​आज दिउँसो १ः०० बजेदेखि सदरमुकाम गौरको ​पूर्वः मुडबलवा गेट,​पश्चिमः लालबकैया नदीको तटबन्ध (बाँध),​उत्तरः बम नहर,​ दक्षिणः गौर भन्सार कार्यालय  क्षेत्रभित्र आवतजावत गर्न, भेला हुन, सभा–जुलूस गर्न र प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जनकारी दिए ।

गौर नगरपालिका –६ सबगढामा दुई पक्षबीच भएको साम्प्रदायिक विवाद र झडपका कारण स्थिति नियन्त्रण बाहिर जान थाले पछि प्रशासनले यो कदम चालेको हो।

बिहीबार राति एउटा विवाहको जन्तीले बजाएको बाजाका विषयमा दुई समुदायबीच विवाद सुरु भएको थियो। शुक्रबार र शनिवार  ढुङ्गामुढा र झडप भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु जारी गरिएको हो। ​

हाल गौर र आसपासका क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। प्रशासनले स्थानीयबासीलाई शान्ति कायम राख्न र कफ्र्युको उल्लंघन नगर्न आग्रह गरेको छ।

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update