News 24 Television
सुस्ता जोगाउन तटबन्ध निर्माण तीव्र गतिमा

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले निम्त्याएको कटान जोखिम न्यूनीकरण गर्न तटबन्ध निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । नदी किनारमा भइरहेको यो बृहत् तटबन्ध निर्माणले स्थानीय बासिन्दा र उनीहरूको जग्गा–जमिनलाई सुरक्षित बनाउन सक्ने देखिएको छ । 

नारायणी नदीको कटानका कारण वर्षेनी जोखिममा पर्दै आएको सुस्ता क्षेत्रमा निर्माणाधीन तटबन्धले स्थानीयवासीमा ठुलो राहतको अनुभूति दिलाएको छ । सिंचाई तथा जलश्रोत आयोजना कार्यालय चितवनको आक्रमक शैलिमा गरिएको वृहत तटवन्ध निर्माणको कार्य तिव्र गतिमा अगाडी बढेको छ ।  झन्डै ३ सयको हाराहारीमा घरधुरी रहेको सुस्तापारी ३३ सय नागरिकको बसोबास छ । 

यी सूस्तावासीहरु राज्यको न्युनतम सुविधाको पहुचबाट बर्षौदेखि टाढा छन् । केहि वर्ष अघिको झोलुगे पुलले डुंगा यात्राको जीवनबाट मुक्त भए तर वर्षेनी वर्षायाममा नारायणी नदिको बाढीले भने उनीहरु चिन्तित थिए । सुस्ताको भूमि बचाऊन बसेका सुस्ताबासीले कटान र डुवानको समस्या समाधान गर्न वर्षैादेखि धेरै सरकारी निकाय धाएका थिए । तर दिर्घकालीन समाधान पाउन सकेका थिएनन । 

यसवर्ष भने सिंचाई तथा जलश्रोत आयोजना कार्यालय चितवनले सुस्ताको सम्वेदनशिलतालाई मनन गर्दै प्राथमिकताका साथ वजेट व्यवस्थापन गरि तत्काल कार्यान्वयनमा लागेको छ ।

सिचाई योजनाका प्राविधिक कर्मचारीको टिम दिनरात कार्यस्थलमा खटिएका छन् । देशमा बर्षौदेखि अलपत्र परेका आयोजनाहरु प्रशस्त भएपनि ४ महिना अघिमात्र कार्यालयमा आएका प्रमुख डा.नारायण प्रसाद सुवेदी हाजिर पछिको पहिलो दिन नै विकट सुस्ता पुगेका थिए । 

कतिपय संवेदनशिल विकासका आयोजनाहरु सरकारी कर्मचारी र ठेकेदारको लापरवाहिका कारण अलपत्र अवस्थामा परेको सुनिरहदा सुस्तामा भने प्रमुखको १८ घण्टे नतिजामुखी कार्यशौलीका कारण कार्यस्थलमा खटिने प्रविधिक जनशक्ति समेत हाकिमको कडा निगरानी बीच कार्यमा खटिएको वताउछन । 

वर्षायाम अगावै नदी नियन्त्रणको दरिलो संरचना तयार नभए सुस्ता बाढीको भेलसँगै बग्ने भन्दै सुस्तावासीले तत्कालीन भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएका थिए । तटवन्ध आयोजनाको कामको जिम्मा पाएको ठेकेदारद्वय शिवम् कन्ट्रक्सन जेभी र के डि कन्ट्रक्सनलाई सुस्ताबासीको कठिन अवस्थालाई मध्यनजर गर्दै समय अगावै कार्य सम्पन्न गर्न आयोजना प्रमुखले निर्देशन दिएका छन् । 

सुस्ता माथिल्लो भागको निर्माण कार्य सात करोड सत्र लाख एकचालिस हजार सात सय सतासी रुपैया सैतिस पैसामा शिवम् कन्ट्रक्सन जेभीले ठेक्का लिएको छ भने सुस्ता तल्लो भाग चार करोड छैसठ्ठी लाख छैसठ्ठी हजार तिन सय तिरानब्बे रुपैया अठहत्तर पैसामा ठेक्का हात पारेको छ ।  नारायणी नदीले धेरै कटान गरेको पाँच सय मिटर क्षेत्रमा दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । 

संघिय सरकारको झन्डै १२ करोडको लगानीमा सुस्ता बाढी नियन्त्रणको काम भईरहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय आयोजना चितवनका प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीले जानकारी दिएका छन् ।  

सुस्ता भूमि वचाउन वर्षौदेखि पटकपटक पहल गरेपनि नारायणी नदिले सुस्ता भुमि कटानबाट वचाउन हालसम्म यतिको वृहत योजना पाएका थिएनन । जनताको काम कहिले जाला घाम भन्ने भनाइ चरितार्थ रहेको वर्तमान समयमा बालेन शाह नेतृत्वको नया सरकार गठन भएसँगै कर्मचारीको काम गर्ने शैलिमा केहि सकारात्मक परिवर्तन देखिएको  छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update