News 24 Television
दैलेखमा जिप दुर्घटन : ३ को निधन, ५ घाइते

दैलेख । दैलेख जिल्लाको भैरवी गाउँपालिका–५ को कालगौडाको भिरमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन । सुर्खेतबाट कालिकोटतिर जादैगरेको सु.प ०१००१ च ४९६४ नम्बरको यात्रुवाहक डबल क्याप जिप सोमबार बिहान १२ः५५ बजे कालगौडामा सडक बाट ३००÷४०० मिटर  तल भिरमा खसेको छ ।

जिपमा सवार ८ जना यात्रुहरु मध्ये १ महिला र २ जना पुरुष सहित ३  जनाको निधन भएको छ । कालिकोट जिल्ला शुभकालिका गा.पा. ५ का अन्दाजी बर्ष ३५÷३६ का चालक कुल बहादुर रोकाय, कालिकोट जिल्ला शुभकालिका गा.पा. ४ का अन्दाजी बर्ष ३८÷३९ का मित्र सुनार, कालिकोट जिल्ला शुभकालिका गा.पा. ६ की अन्दाजी बर्ष ५५÷६० की    पुल्तीसरा बि.क. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलखले जानकारी दिएको छ । घाइते ५ जनालाई सुरक्षा कर्मि,स्थानिय सरकार,वरपरका स्थानियको सहयोगमा उपचारको लागि जिल्ला अस्पताल दैलेखमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

घाईते हुनेमा कालिकोट जिल्ला शुभकालिका गा.पा. ४ बस्ने अन्दाजी बर्ष ३८ का चक्र सुनार, कालिकोट जिल्ला शुभकालिका गा.पा. ६ बस्ने  अन्दाजी बर्ष २० को भरत बि.क., कालिकोट जिल्ला शुभकालिका गा.पा. ५ बस्ने अन्दाजी बर्ष २५/२६ को कलम सुनार, कालिकोट जिल्ला शुभकालिका गा.पा. ६ बस्ने अन्दाजी बर्ष २६÷२७ को सुमत बि.क. र कालिकोट जिल्ला शुभकालिका गा.पा. ४ बस्ने अन्दाजी बर्ष ४०÷४५ का नैन सुनार रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

घाईते मध्य  सुमत बि.क. र नैन सुनारलाई जिल्ला अस्पता दैलेख बाट थप उपचारको लागी प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ भने बाकी घाईतेहरुको जिल्ला अस्पताल दैलेखम उपचार भैरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।        
तीव्र गतिका कारण ब्रेक फेल भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update