मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको सोरुगाँउपालिकामा रहेको वडा नम्बर ३ भिई, वडा नम्बर १ र २ दुईमा रहेका २ दर्जन भन्दा बढी बस्तीमा रहेका पानीका मुहानहरु सुक्दै जान थाले पछि स्थानिय नागरिक पशुचौपायालाई दैनिक खानेपानीको चरम हाहाकार बन्दै गएको छ ।
मुगुका दुर्गम बस्तीमा पानीको अभाव देखिन थालेको छ। जलवायु परिवर्तन, अव्यवस्थित ग्रामीण सडक निर्माण, तीब्र वनफडानीका तथा मुहान सुक्दै जाँदा पिउने पानी नै अभाव देखिन थालेको छ । पिउने पानी नै अभाव देखिन थालेको छ।
सोरु गाँउपालिका वडा नम्बर ३ भिईमा रहेका ८ बस्ती ३ सय १५ भन्दा बढी घर परिवार, वडा नम्बर २ र ३ मा रहेका १ दर्जन भन्दा बढी बस्तीका हजारौं नागरिक आधा घण्टा टाढा रहेको नाउलाको धमीलो पानीका लागि रात भरी लाईनमा पालो कुर्दै बस्न बाध्य छन ।
बिगत बर्षदेखि खानेपानीको समस्या देखिएपछि गाँउमा सबैले सहज रुपमा खानेपानि पावस् भन्ने हिसावले एक जना चैकीदार राखे पनि पछिल्ला दिनहरुमा खडेरीले पानिका मुहान सुकेपछि दैनिक ५ लिटर सबै घर परिवारलाई खुवाउन निकै समस्या भएको छ ।
पहिलो समस्या भनेको मुख्या खानेपानिका मुहान छैनन् । पुरानो खानेपानी केही स्थानमा बिग्रेपछि अहिले मर्मत सम्भार गरेर गाँउमा भएको खानेपानीको समस्या टार्नको लागि काम भईरहेको छ । मुगु र हुम्ला कर्णालीबाट लिफ्टिङ्ग खानेपानी र सिंचाईकोे लागी पहल भई डिपीआरको काम भई रहेको सोरुगाँउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सिंग बहादुर धामीले बताएका छन ।
सोरु गाँउपालिका वडा नम्बर १, २, ३ र ६ वडाका नागरीकहरुलाई सबै भन्दा बढी खानेपानीको समस्या भएको छ । यी वडा भित्र रहेका खानेपानीका साना मुहान सुकिरहेका छन । खानेपानीको समस्या टार्नको लागी संघीय सरकारबाट वृहत खानेपानीको आयोजना सञ्चालन भईरहेको छ ।
शुद्ध खानेपानी प्राप्त गर्ने नागरिकको सामान्य अधिकारको सट्टा खानेपानीकै निम्ति संघर्ष गर्नुपर्ने स्थिति सिर्जना भएपछि मुगुको सोरुका स्थानीयले सरकारसंग यस्तो अपेक्षा गरिरहेका छन्।
