News 24 Television
प्रेम आलेको सनकले निम्त्याएको क्षति, खण्डहर बन्यो संग्रहालय

कास्की । एकीकृत समाजवादीका नेता तथा सांसद प्रेम आले पर्यटन मन्त्री भएको बेला सरकारी जग्गा लिजमा लिएका व्यवसायीमाथी कारवाहीका नाममा आफु अनुकुल अंकुस लगाउने प्रयास भयो ।

त्यसैका मारमा प¥यो वार्षिक लाखौं रकम राजश्व आम्दानी गरिरहेको पोखरा क्षेत्रीय संग्राहलय । पोखराको व्यापारिक केन्द्र नयाँ बजारमा रहेको संग्राहलयको व्यापारिक भवन खण्डहरमा परिणत मात्र भएको छैन, वार्षिक लाखौंको राजश्व पनि गुमाइरहेको छ । 

चलचित्रमा देखिने भुत बंगला जस्तै देखिने यो भवन कुनै समय राज्यको आम्दानीको स्रोत थियो । 

जसले वार्षिक २५ लाख भन्दा बढी रकम राजश्व संकलन गथ्र्यो तर दुई बर्ष भन्दा बढी भइसक्यो राजश्व संकलनको त परको कुरा पर्यटकीय राजधानी पोखराको व्यापारिक केन्द्र नयाँ बजारको कुरुपताको कारक बनिरहेको छ । 

हाल गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तरगत पर्ने प्रदेश संग्राहलयको भवन केन्द्र सरकारको स्वामित्वमा रहदाँ यो भवन बतास ग्रुपले लिजमा लिएको थियो । 

प्रेम आले पर्यटन मन्त्री रहदाँ सरकारी भवन लिजमा लिनेहरुमाथी कारवाहीका नाममा संरचनामाथी डोजर लगाउने काम भयो । 

एकातिर राज्यको डोजर आतंक अर्कोतिर गण्डकी प्रदेश सरकारसँग सरकारी सम्पत्ती लिजमा लगाउने कानून नभएका कारण बतास समूहले यो भवन छोड्यो । 

त्यसयता प्रदेश संग्राहलयले यो भवनको सदुपयोग गर्न सकेको छैन ।१० जना कर्मचारी रहेको संग्राहलयले आगन्तुकलाई टिकट बेचेर बार्षिक जम्मा ५ देखि ६ लाख मात्रै आम्दानी गर्छ । 

यो रकमले कर्मचारीको तलब समेत धान्दैन तर बार्षिक २५ भन्दा बढि राजश्व संकलन गर्ने संग्राहलयको व्यापारिक भवन भने खण्डहरको अवस्थामा छ । 

संग्राहलयलाई प्रदेश मातहतमा ल्याएपछि बजेट अभावका कारण यो भवन निर्माण र सञ्चालनमा कठिनाई भएको हो  ।
एकातिर कानूनको अभाव अर्कोतिर केही गरिहालौं भनेपनि उजुरु बाजुर पर्ने हुँदा कर्मचारीहरु यो भवनको निकासका अघि बढ्न सकिरहेका छैनन् ।

वार्षिक लाखौ राजश्व आउने भवन यतिकै खाली राख्नु भन्दा सदुपयोग गर्नु पर्ने नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका उपाध्यक्ष सूर्य भुजेल बताउँछन् । 

सरकारले सञ्चालन गर्न नसक्ने भए नीजि क्षेत्रलाई दिन भुजलले सुझाव दिए । सरकारी सम्पत्ती कसैले हडप्न खोज्छ भने त्यसलाई हदैसम्मको कारवाही गर्नुपर्छ तर सरकार स्वयंले केही गर्न नसक्ने र निजी क्षेत्रलाई पनि कानून बनाएर लिजमा दिन नसक्नु राज्य संचालकहरुकै कमजोरी हो । 

अझ त्यसमाथी पर्यटकीय राजधानी पोखराको पर्यटकहरु आवतजावत गर्ने संग्राहलयकै प्रवेशद्वारमा रहेको खण्डहर बनेको भवनले स्वयं पर्यटकीय राजधानी भन्ने शब्दलाई नै गिज्याइरहेको छ । 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update