News 24 Television
जाउँ है पोखरा अभियान शुरु, वीरगञ्जमा उद्घाटन
जाउँ है पोखरा अभियान शुरु, वीरगञ्जमा उद्घाटन होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान यस वर्ष आर्थिक नगरी विरगंजबाट सुरु भएको छ । देशका प्रमुख शहरहरुमा गएर पोखरामा पर्यटक निम्त्याउन गरिने यो अभियानले पोखरामा आन्तरिक पर्यटन आवागमनलाई बढवा दिने विश्वास लिइएको छ ।
नवरात्र लागेपछि तालबाराहीमा दर्शनार्थीको भीड
नवरात्र लागेपछि तालबाराहीमा दर्शनार्थीको भीड नेपालीहरुको महान चाड बडा दशैं भित्रिएसँगै शक्तिपिठहरुमा दर्शनार्थीहरुको भिड बढेको छ । पर्यटकीय राजधानी पोखरास्थित फेवातालको बिचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरमा पनि अहिले विशेष पूजा–आराधना गर्नका लागि दर्शनार्थीहरुको भिड देख्न सकिन्छ । 
पोखरामा चोक–चोकमा सार्वजनिक शौचालय बन्ने, महेन्द्रपुलमा सुरुवात
पोखरामा चोक–चोकमा सार्वजनिक शौचालय बन्ने, महेन्द्रपुलमा सुरुवात देशका सबै सहरी क्षेत्रहरूको सबैभन्दा ठूलो समस्या हो सार्वजनिक शौचालय नहुनु । त्यही समस्याले ग्रस्त थियो देशको पर्यटकीय राजधानी पोखरा पनि । तर पोखराको महेन्द्र पुलमा अहिले देशकै नमुना सार्वजनिक शौचालय शुभारम्भ भएको छ । 
पोखरा–मुङलिङ सडक नबन्दा सुस्तायो पोखराको पर्यटन, यात्रुलाई घोर सास्ती 
पोखरा–मुङलिङ सडक नबन्दा सुस्तायो पोखराको पर्यटन, यात्रुलाई घोर सास्ती  पृथ्वी राजमार्ग अन्तर्गत पोखरा मुग्लिङ सडकको पश्चिम खण्डको तीन वर्षे ठेक्का सम्झौताको म्याद भदौ १२ गते सकियो, तर यो तीन वर्षमा काम भने जम्मा ३० प्रतिशतको हाराहारी मात्रै भयो । 
स्वर्गझैँ मनोरम अन्नपूर्ण हिमताल, पर्यटकका नजरमा ओझेल
स्वर्गझैँ मनोरम अन्नपूर्ण हिमताल, पर्यटकका नजरमा ओझेल नेपालीमा एउटा उखान छ ‘माल पाएर पनि चाल नपाउनी’ । हो यही उखानलाई चरितार्थ पार्छ म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नच्र्याङमा रहेको अन्नपूर्ण हिमताल अर्थात पञ्चकुण्डले । धार्मीक र पर्यटकीय हिसाबले प्रकृतिको बरदान समान यो ताल प्रचार प्रसार र प्रवद्र्धनको पर्खाइमा छ । 
नपत्याउँदो किसिमले स्थापित भयो आलु महोत्सव
नपत्याउँदो किसिमले स्थापित भयो आलु महोत्सव देशका विभिन्न भागमा समय–समयमा अनेकथरी महोत्सव आयोजना गरिन्छ । तर, पोखरामा गरिने एउटा यस्तो महोत्सव जसले किसानको खेतबारी र हरेक घरको भान्सालाई जोड्ने काम गर्छ । कुनैबेला यस्तो नि महोत्सव हुन्छ भनेर खिल्ली उडाइएको पोखरामा आयोजना हुने आलु महोत्सवले हेम्जाको आलु भनेर आलुकै ब्राण्डीङ गर्न सफल भएको छ । 
Weather Update