News 24 Television
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । 

सोडारीले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । यसअघि गत आइतबार नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले–माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प

छिल्लो पटक समाजवादीका सोडारीलाई कांग्रेसले समर्थन गर्ने तयारी गरेपछि एमाले, माओवादीसहितका दलहरुले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । 

प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुनः मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update