News 24 Television
मनकृष्ण श्रेष्ठद्वारा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एल’ गभर्नरमा उम्मेदवारी दर्ता

काठमाडौं । मनकृष्ण श्रेष्ठले लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एल’ मा गभर्नरमा उम्मेदवारी दिएका छन् । लायन वर्ष २०२४–२५ का लागि सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर पदमा दोलखाका समाजसेवी एवं व्यवसायी मनकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । 

यही बैशाख २२ गते पोखरामा डिष्ट्रिक्ट ३२५ ‘एल’ को दोस्रो महाधिवेशन हुँदैछ । उक्त महाधिवेशनमार्फत गभर्नर बन्न श्रेष्ठलाई उनको मातृ क्लब लायन्स क्लब अफ काठमाडौं गौरीशंकरले उम्मेदवार बनाएको हो ।  

डिष्ट्रिक्ट गर्भनर नोमिनेसन कमिटीका अध्यक्ष एवं लायन्सका पूर्व डिष्ट्रिक्ट गभर्नर गौतममान श्रेष्ठलाई विधिवत रुपमा उनले उम्मेदवारी दरखास्त हस्तान्तरण गरेका हुन् ।

shrestha-2-1713767461.jpg
भीमेश्वर–३, दोलखाका स्थायी बासिन्दा श्रेष्ठ लायन्स अभियानमा एक दशकदेखि विभिन्न पदमा क्रियाशील रहँदै आएका छन् । 

उनले लायन्स इन्टरनेसनलको विधान अनुसार लायन्स क्लब अफ काठमाडौं गौरीशंकरमा क्लब प्रेसिडेन्ट र साविकको डिष्ट्रिक्ट ३२५ ‘बी वन’ मा जोन चेयरपर्सन, डिपार्टमेन्ट अफिसर, पिआरओ र क्लष्टर चीफको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update