News 24 Television
प्रधानमन्त्री दाहाल मोरङमा


सुन्दरहरैचा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट यहाँ आइपुगेका हुन् । 

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको  १२औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री दाहाल यहाँ आइपुगेका हुन् । 

उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विश्वविद्यालयका पदाधिकारीले स्वागत गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update