News 24 Television
इलाम २ उपनिर्वाचन : लम्किए सुहाङ, डम्बरभन्दा झण्डै २ हजार मतले अघि

काठमाडौं । इलाम – २ मा भएको उपनिर्वाचनको मत गणना जारी छ । प्रतिनिधिसभाको एक मात्रै सदस्याका लागि भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायम गरिरहेका छन् । 

सोमबार बिहानसम्मको मत परिणाम हेर्दा सुहाङले काँग्रेसका उम्मेदवार डम्बर खड्कालाई झण्डै २ हजार मतान्तरले पछि पारेका छन् । 

गनिएको सदर मत मध्ये एमालेका नेम्वाङले ७ हजार ३२ मत पाएका छन् । त्यस्तै काँग्रेसका खड्काले ५ हजार १ सय ९ मत पाएका छन् । 

यस्तै स्वतन्त्रका डेकेन्द्रसिंह थेगिमले ३ हजार ५ सय १३ र रास्वपाका मिलन लिम्बुले १ हजार १ सय २ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update