News 24 Television
भोजपुरमा बोलेरो दुर्घटना : २ जनाको मृत्यु, एक दर्जन घाइते

भोजपुर । भोजपुरको आमचोकमा बाेलेरो जीप दुर्घटना भएको छ । गाउँपालिकाको केन्द्र बालाङ्खा बाट मयुङटारतर्फ जाँदै गरेको को एक ज २६१७ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको हो ।

सडकबाट अन्दाजी २०० मिटर तल खसी दुर्घटना  हुदा घटनास्थलमा सोही गाडीमा सवार आमचोक गाउँपालिका वार्ड नं १० बस्ने वर्ष २७ कि रुना राईको घटनास्थलमै मृत्यु भएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी निरीक्षक सहितको १० जना टोली उद्धारको लागि पुगेको थियो ।

उक्त गाडीमा सवार अन्य घाइतेहरूलाई तत्काल प्रहरी तथा स्थानीयहरूको सहयोगमा पानी बोटद्वारा चतरासम्म र चतरादेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्म एम्बुलेन्स द्वारा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बोजपुरले जनाएको छ ।

घोपामा कार्यरत प्रहरीद्वारा प्राप्त खबर अनुसार चालक वर्ष अन्दाजी ३६ को प्रकाश राईसहित १२ जना घाइतेहरु घोपा अस्पतालमा उपचार भई रहेको छ ।

उपचारको क्रममा वर्ष ३६ कि शान्ति राईको मृत्यु भएको जानकारी प्राप्त भएको छ । यससँगै मृतककाे संख्या २ पुगेकाे छ ।  दुर्घटना हुने बोलेरोमा जम्मा १४ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update