News 24 Television
६०औं स्थापना दिवसको अवसरमा अनेरास्ववियुले विद्यार्थी महोत्सव गर्ने

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले ६० औं स्थापना दिवसको अवसरमा विद्यार्थी महोत्वस गर्ने भएको छ । 

जेठ १ देखि ३ गते सम्म काठमाडौंको भृकुटीमण्डमा २ सय भन्दा बढी स्टल राखि १४ विधामा विभिन्न कार्यक्रहरु आयोजना गरिएको अनेरास्ववियुका केन्द्रिय सचिव तथा प्रवक्ता प्रकाश पौडेलले जनाकारी दिए ।

sss-1714628854.jpg
महोत्वसमा अनेरास्ववियुको बारे, लाइभ म्युजिक, प्रत्यक्ष परियोजना, करियर काउन्सिलिङ, युवा संसद बहस र संवाद, सांस्कृतिक प्रदर्शनी, रक्तदान तथा स्वास्थ्य शिविर, फूड स्टल, ई–गेमिङ प्रतियोगिता, पर्यटन भिजन, विश्वविद्यालय जानकारी, कानूनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता र चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण गरेर १४ विद्यामा कार्यक्रम हुने प्रवक्ता पौडेलको भनाई छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update