News 24 Television
नेकपा एस चितवनको अध्यक्षमा कन्दङ्वा

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १०औँ जिल्ला अधिवेशनले नरेन्द्रकुमार कन्दङ्गवाको अध्यक्षतामा ६१ सदस्यीय  नयाँ कार्यसमिति चयन गरेको छ । 

पार्टीको बुधबारदेखि सुरु भएको अधिवेशनले बिहीबार राति नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ईश्वरी लामिछाने र गङ्गालाल लामा, सचिवमा हेमन्त कँडेल निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनको बुधबार पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update